Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १९ साउन । गरिबी निवारण तथा सहकारी विकास मन्त्री अम्बिका बस्नेतले तरुण युवाहरुलाई राजनीतिमा सक्रिय रुपमा लाग्न निर्देशन दिनुभएको छ ।


विभन्न आन्दोलन तथा राजनीतिक परिवर्तमा युवाहरुको नेतृत्वदायी भूमिकाले सफलता हात पारेको विगत स्मरण गर्दै कांग्रेस भित्रको आन्तरिक किचलो हटाउने जिम्मेवारी तरुणको काँधमा आएको बताउनुभएको हो । 

नेपाल तरुण दल काठमाडौँले राजधानीमा गत साउन १४ गतेदेखि थालेको तरुण अभिवृद्धि प्रशिक्षण कार्यक्रमको विहीबार समापन गर्दै मन्त्री बस्नेतले युवा जागे असम्भव सबै सम्भव हुने हुने बताउनुभयो ।  

नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको तरुण क्षमता अभिवृृद्धि प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाड, उदय सम्सेर राणा, बद्री पाण्डे, रामशरण महत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाल र पब्लिक स्पिकर नबिन चित्रकारले  विभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो। 


समापन कार्यकार्यमा बोल्दै नेपाल तरुण दल केन्द्रीय अध्य्क्ष जितजंग बस्नेतले अब मुलुकभर तरुणहरुलाई लक्षित विभिन्न प्रशिक्षण कार्यक्रमको  आयोजन गर्ने बताउनुभयो । उहाँले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यही २४ देखि ३२ सम्म वडा नगर क्षेत्र जिल्ला  स्तरीय तरुण जागरण अभियान संचालन गर्न निर्देशन दिसकेको पनि जानकारी दिनुभयो । 

काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले तरुण युवाहरुलाई प्रशिक्षण दिनुपर्ने आवश्यकता रहेको औंल्याउँदै  काठमाडौँ जिल्लामा रहेको सबै वडा, नगर, क्षेत्रमा क्रमिक रुपमा प्रशिक्षण संचालन गरिने जानकारी दिनुभयो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply