Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । नायिका तथा मोडल शुभेच्छा थापा फेरि अर्को तीज गीत नाचौं छम् छम् छम्...भन्दै बजारमा छाएकी छन् । केही दिन अघि नित्यासिवाको आवाजमा रहेको ‘आउ साथी संगीको नाचौ छमछमी...’ भन्दै तीज गीतमा कम्मर मर्काएकी शुभेच्छाले पुनः अहिले अस्मिता धमला र मनिषा भट्टराईको आवजमा रहेको ‘नाचौं छम् छम् छम्’ मा आफ्नो दमदार प्रस्तुति पस्केकी हुन् ।


कार्की फिल्मसले बजारमा ल्याएको यो तीज गीतमा शब्द तथा लय अस्मिता भण्डारीकै रहेको छ । प्रकाशराज कार्कीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा शुभेच्छा निकै नै आकर्षक देखिएकी छन् र नाच पनि निकै नै  दमदार छ । 

दर्जनौं चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी नायिका थापालाई यो वर्षका तीज गीतले राम्रै साथ दिने छनक देखिएको छ । त्यसो त अहिलेसम्म उनले मोडलिङ गरेका तीन वटा गीत बजरामा आइसकेका छन् । दुई वटा गीत केही दिनभित्रै सार्वजनिक हुने शुभेच्छाले बताइन् । 

पछिल्लो पटक सार्वजनिक भएका दुई गीत गीत नाछौं छमछमी र नाचौं छम् छम् छम् रेडियो, टेलिभिनमा निकै नै बज्न थालेका छन् । यु–ट्युवमा पनि भ्युअर्सहरुले राम्रै साथ दिएका छन् ।  

दुबै गीत नाचौं छमछमीबाट शुरु भएको हुँदा ‘म्यूजिक भिडियो मात्रै हो कि यो वर्षको तीजमा पनि यसरी नै छमछमी नाच्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा शुभेच्छाले भनिन्– ‘यी दुबै नितान्त फरक पाटा हुन्, एउटा व्यवसायिक र अर्को व्यक्तिगत ।’ मोडल भएको नाताले मैले गीतमा कम्मर मर्काउनु नौलो कुरा होइन, गीतको मर्मअनुसार नाच्नु मेरो व्यवसायिक धर्म पनि हो ।’ र अर्को तीजमा त झन ननाच्ने कुरै भएन । झन छमछमी नाच्छु ।  नारीहरुको महान पर्व तीज मलाई पनि लागेको छ ।’

नाचाैं छम् छम् छम् काे भिडियाे यस्ताे छ


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply