Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १८ साउन । सर्वोच्चको फैसलापछि चितवनको भरतपुर–१९ मा आउँदो २० गते (शुक्रबार) चुनाव हुने भएको छ । चुनावमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन् । भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तय गर्न बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । 

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले राजनीतिक तीक्तता नगरी शान्तिपूर्ण निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भएको बताए ।  सांसद पोखरेलले भने–  ‘कुनै पनि राजनीतिक तीक्तता नगर्ने, चितवनले जो एउटा कलंक बेहो¥यो फेरि त्यो कलंक नबेहोर्ने गरी शान्तिपूर्ण निर्वाचन गर्ने कुरामा राजनीतिक दल सबैको बीचमा सहमति भएको छ ।’ छलफलपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बुधबारदेखि प्रचारप्रसार गर्न नपाउने मौन अवधि शुरु हुने गरी साउन २० गते निर्वाचनको मिति तय गरेको जानकारी दिए । 

यस्तै, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टाराईले सबै दलको सहमतिमा मिति तय गरी सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न गर्ने सहमति भएको र सोही अनुसार अघि बढ्ने बताए । उनले प्रचारप्रसार पहिले नै भइसकेकाले अब खासै प्रचार आवश्यक नभएकाले बुधबारदेखि नै मौन अवधि शुरु गर्ने सहमति गरेको बताए ।  

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको सूचनामा २०७४ साल जेठ २० गतेको निर्वाचन आयोगको निर्णय र साउन १६ को निर्देशनअनुसार भरतपुर १९ को मतपत्र बदर घोषित गरी सो स्थानमा साउन २० गतेका दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने उल्लेख गरिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि आजै भरतपुर–१९ को दुई हजार ८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्ड हलको परिसरमा जलाएर नष्ट गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए । 

३६ हजार कर्मचारी खटाइने

साउन २० गते पुन मतदान हुन लागेको चितवनको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने भएको छ । तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने र निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय चितवनबाट हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालको भनाइ छ ।  वडा नम्बर १९ को किरण मावि किरणगञ्ज मतदान स्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । जेठ १४ गते राति मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो ।

निर्वाचन आयोगले पुनः मतगणनाको निर्णय गरेलगत्तै भरतपुर महानगरपालिका–१९ मा नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले पुनः मतदानको माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा सर्वोच्च अदालतले शनिबार फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो । १९ वडाको मत बदर भएपछि प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली, रेणु दाहालभन्दा ७८४ मतले अघि छन् । ज्ञवालीको ४० हजार ९८० र दाहालको ४० हजार १९६ मत छ । भरतपुर–२० मा तीन हजार ३०२ छ खसेको छ भने वडा नम्बर १९ मा तीन हजार ७९७ मतदाता छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply