Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, २ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार ललितपुरको मंगलबजारस्थित श्रीकृष्ण मन्दीरमा पुजाआजा र दर्शन गर्न आउने भक्तजनको सेवाको लागि ललितपुरका २५ विद्यालयका ४५० स्काउट खटिएका थिए ।

सोही क्रममा स्काउट शिक्षक शरण मर्हजन र अनन्तराज भट्टराईको नेतृत्वमा करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (सिबिआइए स्कुल) पेप्सीकोलाका ५५ जना विद्यार्थी त्यहाँ खटिएका थिए । कृष्णजन्माष्टमी मेला व्यवस्थापन समितिका संयोजक सुरज महर्जनका अनुसार स्काउटहरुले तालीका अनुसार विहान ४ बजेदेखि साँझसम्म पालैपालो सेवा गरेका थिए ।

यसैगरि भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दीरमा साउने सोमबारको अवसर पारेर दर्शन गर्न आएका हजारौं तिर्थालुहरुको सेवामा पनि सिबिआइए स्कुलका स्काउट विद्यार्थी चौथो सोमबार खटिएका थिए । सो महादेव मन्दीर केदारनाथको शीरको रुपमा परिचित रहेको छ ।

सिबिआइए स्काउट ट्रूपका स्काउट शिक्षक शरण महर्जनको नेतृत्वमा गएका ५१ जना स्काउट टोलीले श्रावणी मेला भर्न आएका भक्तजन र दर्शनार्थीहरुलाई सरल तरीकाले दर्शन गर्न सघाएका थिए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply