Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ४ भदौ । नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनले आजबाट काठमाडौंमा शुरु हुने भएको छ । काठमाडौंको प्रज्ञा भवनमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा छ । 

कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी केन्द्रमा आस्था राख्ने प्रेस सेन्टर र जनमोर्चामा आस्था राख्ने प्रगतिशील पत्रकार संघबीच गठबन्धन भएको छ । यो गठबन्धनको नेतृत्व गोविन्द आचार्यले गरेका छन् । उनी माओवादी निकट हुन् ।

नेकपा एमालेसँग नजिक प्रेस चौतारी, मोहन बैद्य, बाबुराम, नेत्रविक्रम चन्द माओवादी, उपेन्द्र यादवको संघीय समाजवादी फोरमलगायतको समूहले अर्को प्यानल बनाएका छन् । यो समूहको नेतृत्व तीर्थ कोइरालाले गरेका छन् । आफूलाई स्वतन्त्र भन्न रुचाउने कोइरालालाई चौतारीले अघि सारेको हो ।

कूल ४६ पदका लागि प्रतिस्पर्धा हुने निर्वाचनमा दुवैतर्फका केही असन्तुष्टले अध्यक्षलगायत विभिन्न पदमा स्वतन्त्र उम्मेदवारीको घोषणा समेत गरेका छन् । देशभरबाट १५ सय बढी प्रतिनिधले ४६ पदमा नेतृत्व चयन गर्ने छन् ।

आचार्यले नेतृत्व गरेको समूहमा प्रेस युनियनसँग ४ सय ९५ मत छ भने प्रेस सेन्टरसँग २ सय ६६, राजावादीको मत ५६ वटा छ भने प्रगतिशीलको १८ र राप्रपाको २ मत छ । यो सबै जोड्दा ८ सय ४९ मत हुन आउँछ ।
यता कोइरालाले नेतृत्व गरेको समूहमा प्रेस चौतारीसँग ५ सय ७२ मत छ भने विप्लप माओवादीसँग २८, नयाँ शक्तिको २५, बैद्य माओवादीको १५ र संघीय समाजवादीको १ मत रहेको छ । यसरी कूल जोड्दा ६ सय ५१ मत पुग्छ ।

यसरी सरसर्ती हिसाब गर्दा अध्यक्षमा गोविन्द आचार्यको प्यानलले १ सय ९८ मत बढी ल्याएर जित्ने देखिन्छ । तर यो सोझो हिसाबमा उम्मेदवारले मत नपाउने निश्चित जस्तै छ । यदि स्वतन्त्र उम्मेदवारी दिएका महासचिव उजिर मगरले नाम फिर्ता लिएनन भने दुवै पक्षको मत काटिन्छ । यद्यपि मगरले जित्ने सम्भावना छैन । जनजाति र माओवादी पक्षको मत उनले लिने अनुमान गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply