काठमाडौं, भदौ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नयाँ कार्यकालका लागि “अनुसासन तथा अनुगमन समिति संयोजकमा युवा समाजसेबी नन्दप्रसाद ढुंगानाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
काभ्रेपलान्चोक सेवा समाज कतारका अध्यक्ष तथा काभ्रे स्थाई घर भइ हाल कतारमा बिभिन्न माध्यामबाट समाज सेवामा ख्याती कमाएका ढुंगानाले आफ्नो फेसबुकबाट एक विज्ञप्ति जारी गर्दै आफूले उम्मेदवारी दर्ता गराएको जानाकरी दिएका हुन् ।
आगामी सेप्टेम्बरको पहिलो सातामा महासंघ कतार साखाको महाधिवेशन हुदैछ । आफु खुल्ला राजनीति भन्दा पर रहेकोले यो स्वतन्त्र संस्थाको अनुसासन तथा अनुगमन समिती संयोजक हुन लायक भएको र उमेद्वारी प्रस्तुत गरेको ढुङाना द्वारा जारी बिज्ञप्तीको जनाइएको छ ।
अनुसासन तथा अनुगमन समितीको खुल्ला सदस्यामा चितवन निवासी (राज) शिवराज भट्टराईले पनि आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ । ढुंगाना र भट्टराई ले सम्पुर्ण कतार निवासी समाजका अग्रज, सामाजिक एबम वैचारिक संस्थाका प्रमुख तथा परिषद् सदस्यलाइ आफ्नो अमुल्य मत दिएर आफुलाई जिताउन आग्रह गर्नु गरेका छन् ।
0 Comments