Ticker

6/recent/ticker-posts

मेलम्चीको निरीक्षणमा पुगेका प्रधानमन्त्रीले दिए यस्ताे निर्देशन

काठमाडौं, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका छन्। बुधबार मेलम्ची खानेपानी आयोजनाको थलगत निरीक्षणको क्रममा मेलम्ची पुगेका उनले आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिए।

हेलिकोप्टरबाट यस क्षेत्र आएका प्रधानमन्त्रीले क'नै पनि बहानामा आयोजनाको काममा ढिलाई गर्न नहुने बताए । मेलम्चीको पानी काठमाडौं लैजाने गरी आयोजनाको परिकल्पना कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईले खाका कोरिएको स्मरण गर्दै उनले छिटो काम सम्पन्न गर्न सरकारले जुनसकै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘तर विभिन्न बहाना बनाएर काममा ढिलाई नगर्नूहोस्, यो आयोजना काठमाडौंको सपनासँग जोडिएको आयोजना हो ।’ प्रधानमन्त्रीले मेलम्चीको सुरुङ खन्नमा देखिएको ढिलाईप्रति चासो व्यक्त गरेका छन् । साथै तोकिएको समयभित्र काम सम्पन्न नगर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए । ‘

यो आयोजना नेपालकै गौरवको आयोजना हो,’ उनले भने, ‘यसलाई समयमा सम्पन्न गरेर यसवर्षकै सुक्खायाममा पानीको हाहाकार हटाउनुपर्छ । मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनलाई तीव्रता दिन छुट्टै सहजीकरण प्रक्रिया र कानूनी झण्झट हटाउने गरी ऐन संशोधन गर्ने तयारी गरेको उनले बताए ।

Post a Comment

0 Comments