Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमण सकाएर गएराति स्वदेश फर्किनुभएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा नेतृत्वको टोली  देउवा हिजो बेलुकी स्वदेश फर्किको हो । प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण समग्रमा सफल भएको बताउनुभयो । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण मुलुकका लागि निकै फलदायी भएको बताउनुभयो ।

स्वदेश फर्कनुअगाडि प्रधानमन्त्री देउवाले आइतबार बिहार राज्यमा रहेको बोधगयामा पुगी विशेष पूजा तथा अवलोकन गर्नुभएको थियो । बोधगयामा प्रधानमन्त्रीले एक घन्टाभन्दा बढी समय बिताउँदै त्यसबारेमा जानकारी लिनुभएको थियो । यसअघि, शनिबार देउवाले भारतको आन्धप्रदेशमा रहेको तिरुपति मन्दिरको दर्शन गर्नुभएको थियो । शनिबारै प्रधानमन्त्री देउवाले बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग भेट गरी भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा परेको बारेमा पनि कुराकानी गर्नुभएको थियो । पाँचदिने भ्रमणकाक्रममा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसँग द्विपक्षीय हितकाबारेमा छलफल गर्नुभएको थियो । भ्रमणका क्रममा दुई मुलुकबीच ८ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यसैबीच, सत्तारुढ नेपाली काँग्रेसले प्रधानमन्त्री र देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको दावी गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको निस्कर्ष निकालेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यवाहक सभापति विमलेन्द्र निधिले संविधानको सर्वस्वीकार्यता बढाउने गरी प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिनु भएको अभिव्यक्ति औचित्यपूर्ण, अत्यन्तै परिपक्व र सार्थक पहल भएको दावी पनि गर्नुभएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply