Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २२ साउन । सङ्घीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले नेता केपी ओली साम्यवादी नभई नश्लवादी भएको आरोप  लगाएका छन् ।

श्रेष्ठले ओलीले देशमा विखण्डनको बिउ रोपेको भन्दै उनले राष्ट्रवादलाई ओलीले व्यापारको विषय बनाएको आरोप लगाए । श्रेष्ठले ओलीलाई राष्ट्रवादी ठान्नु केटाकेटीले पित्तललाई सुन ठाने जस्तै भएकोसँग तुलना गरे ।

सिन्धुपाल्चोक जिल्ला समिति पुनर्गठनका क्रममा सहअध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । ससफो नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थितिमा भएको सो कार्यक्रममा  २५ सदस्यीय  जिल्ला तदर्थ समिति गठन गरिएको छ । जसको अध्यक्ष सञ्चवीर तामाङ तोकिएका छन् भने उपाध्यक्षमा द्वय जगत वहाादुर लामा र राम वहादुर पाख्रिन, सचिव – हर्ष तामाङ, सहसचिव– बुद्ध तामाङ, कोषाध्यक्ष– ठूले दोङ, सदस्य रजनी लामारहेका छन् ।

कार्यक्रमा सहअध्यक्ष श्रेष्ठले जारी संविधान अधुरो र अपूरो रहेको भन्दै आफ्नो पार्टीले स्थानीय निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गरेको बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply