Ticker

6/recent/ticker-posts

काठमाडौं तरूण दलले संकलन गरेको राहत सामाग्री आज बाढी प्रभावित जिल्लामा पठाइँदै

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदलले तराईका बाढी प्रभावितका लागि मुलुकभर राहत संकलनको अभियानलाई तिव्रता दिइरहेको छ । 

तरुणदलले राहत संकलन अभियानमा सक्रियता देखाइरहेका बेला काठमाडौं तरुणदलले पनि आफ्नो आइतबार आफूहरुले संकलन गरेको राहत सामग्री प्रभावित जिल्लामा पठाउने तयारी गरेको छ । 

यसैबीच, दक्षीणकाली नगरपालीका काठमाण्डौ र नेपाल तरुणदल काठमाण्डौै क्षेत्र नं. २ कागेश्वरी–मनोहरा नगरपालीकाले संकलीन गरेको राहत सामग्री तथा नगद तरुणदल काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण जी खड्कालाई हस्तान्तरण गरेका छन् । 

दक्षीणकाली नगरपालीका अध्यक्ष बद्री कार्किको नेतृत्वको टोलीले संकलन गरेको चिउरा , चाउचाउ , पानी , विस्कुट , दालमोढ , चामल , भुजीया, लत्ता–कपडा , चप्पल , चियापत्ती , औषधि साथै क्षेत्र नं २ का अध्यक्ष र कागेस्वरी मनहरा अध्यक्ष प्रेम कुमार थापाद्वारा संकलित २६ हजार ३ सय ३० रुपयाँ काठमाडौं जिल्ला अध्यक्ष खड्कालाई हस्तान्तरण गरेको तरुणदल जिल्ला कोषाध्यक्ष अमृत मानन्धरले बताए । 

महानगर अध्यक्ष रोसन श्रेष्ठ र ४ नं क्षेत्रका अध्यक्ष अनुप प्रधान समेतको उपस्थितीमा हस्तान्तरण भएको राहत आइतबार प्रभावित क्षेत्रमा पठाइने सचिव दिनेस विक्रम साहले बताए ।

Post a Comment

0 Comments