Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

विराटनगर, ३ भदौ । साउन महिनाको अन्त्यतिर आएको बाढीका कारण अवरुद्ध विराटनगर विमानस्थल शनिबारबाट सञ्चालनमा आएको छ । अघिल्लो शुक्रबारको भारी वर्षापछि बाढी पसेको विमानस्थल सातादिनयता ठप्प थियो ।

बाढी विमानस्थलको धावनमार्गमा पसेपछि विमानस्थल क्षेत्र पुरै हिलाम्मे बनेको थियो ।  शुक्रबार साँझसम्म विमानस्थलको धावनमार्ग सफाइ सकिएकाले हवाई सेवा सुचारु गर्न लागिएको हो।

विमानस्थलका प्रवक्ता सन्तोष ढकालले धावनमार्ग साथै मैदानमा जमेको हिलो सफाइ गरिसकेको हुँदा शनिबारबाट हवाइ यातायात नियमित सञ्चालनमा आउने बताए । 

सौर्य एयरलायन्स, यति एयरलायन्सलगायत कम्पनीले उडान भर्ने तालिका छ। विमानस्थलका अनुसार यी कम्पनीले शनिबारका लागि यसअघि नै टिकट बुकिङ खुलाएका थिए। 

टिकट बिक्रीअनुसारै आजदेखि उडान भर्न लागिएको सौर्य एयरलायन्स विराटनगर स्टेसन इन्चार्ज सन्तोष पौडेलले बताए। बुद्ध र नेपाल एयरलायन्सले सोमबारदेखि मात्रै उडान भर्ने भएका छन्। यसअघि विमानस्थलबाट चार हवाई सेवा प्रदायक कम्पनीले दैनिक १५ वटासम्म उडान भर्दै आएका थिए। 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply