Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, भदौ । युथ फर हयुमन राईट्स इन्टरनेसनल नेपालका प्रतिनिधि मानव अधिकारकर्मी गुणराज प्याकुरेल न्यूयोर्कमा ‘हिरो अवार्ड २०१७’ बाट पुरस्कृत भएका छन्। प्याकुरेललाई युथ फर हुमन राईटस् इन्टरनेसनलका अध्यक्ष मेरी सेटलवेटाले अवार्ड प्रदान गरेकी हुन्। 

युथ फर हयुमन राईट्स इन्टरनेसनलद्वारा अगस्ट २४ देखि २६ सम्म आयोजित १४औं अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका विभिन्न देशमा विपदको बेला उद्धार गरेको, मानवअधिकारको क्षेत्रमा योगदान पुर्याएको, नेपालमा सन् २०१५मा गएको भूकम्पमा उद्धार तथा त्यसपछिको कार्यक्रममा पुर्याएको योगदानको मूल्यांकन गर्दै प्याकुरेललाई ‘२०१७ को हिरो अवार्ड प्रदान गरिएको हो।

विश्वका ४० देशका युवा मानवअधिकारकर्मी सहभागिता रहेको सम्मेलनमा नेपालका लागि युथ फर हयुमन राईट्सका राष्ट्रिय प्रतिनिधि प्याकुरेलसँगै सदस्य दीपेन्द्र डंगोल, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल, विभिन्न संघसंस्थाबाट तुलसीप्रसाद चौलागाईँ, मोती लामा, विनोद गौतमको सहभागिता रहेको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply