Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडाैं, भदाै ।  यतिखेर बाढीप्रभावित तराईका जनता घरवारवीहिन, राहतको अभाव, विभिन्न रोगको संक्रमण आदिसंग जुधिरहेका छन् । यस्तो अवस्थामा राजधानीबाट गएका केही समाजसेवा व्यक्ति या संघसंस्थाले खाद्यान्न्न र राहत वितरण गरिरहेको छन । 

बाढीपीडित क्षेत्रमा यतिखेर प्रायः सबैले आआफ्नो लाइनको काम गरिरहेको भेटिन्छ । यसैगरि नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालय, काठमाडौ उपत्यका शाखा र अन्तराष्ट्रिय प्लान प्यारेन्टहुड फेडरेशन (आइपिपिएफ) का प्रतिनिधि समेतको टोलीले मोरंग सुनसरी, सप्तरी लगायतका जिल्लामा गएर वाढीपिडीत किशोरी, युवा तथा वयस्क उमेरका महिला पुरुषहरुलाई भन्दैछ ‘यस्तो अवस्थामा यौनहिंसाबाट सुरक्षित बस्नु र श्रीमान श्रीमतीवीच पनि सकभर यौन सम्पर्क नगर्नु’ । 

बाढीले आफ्नो घर बगाएर असुरक्षित र खुल्ला ठाउँमा अस्थायी शिवीर बनाएर बसेका या सार्वजनिक विद्यालय र कलेजमा बसेका दम्पत्तिहरुलाई संघको सुझाव छ, ‘यतिखेर पतिपत्नि वीच यौनसम्पर्क गर्दा सुरक्षित हुँदैन र यौनाङ्गमा संक्रमण हुन्छ ।’

बाढीप्रभावित क्षेत्रमा फोहोर पानीको कारण सबैभन्दा बढी संक्रमण भएको पाइएको उल्लेख गर्दै बाढीप्रभावित क्षेत्रमा पुगेर फर्केका नेपाल परिवार नियोजन संघ काठमाडौ उपत्यका शाखाका प्रवन्धक शरदकुमार अर्यालले भने ‘त्यही भएर हामीले अस्थायी शिवीरमा बसेका विवाहित महिला पुरुषहरु सबैलाई आफ्नो पुरानो घरमा सुरक्षित रुपमा नफर्केसम्म यौनसम्पर्क नगर्न सल्लाह दिएका हौं ।’ 

यसबारे जनेचतना फैलाउन संघको केन्द्रीय कार्यालयबाट जनचेतनामूलक सन्देशसहितको पर्चा बनाएर सम्वन्धीत जिल्लामा रहेका संघको शाखाका पदाधिकारी, कर्मचारी, स्वयमसेवक र स्वास्थ्यका कर्मचारीहरुमार्फत वाढीप्रभावित क्षेत्रका अस्थायी शिवीरहरुमा वितरण गरिराखेको छ । 

यसका साथै संघले अस्थायी शिवीरमा बस्ने किशोरी, युवती र महिलाहरु अलि असुरक्षित हुने उल्लेख गर्दै त्यहाँ बस्दा यौनहिंसाबाट बच्न र बचाउन पनि जनचेतना फैलाएको प्रवन्धक अर्यालले बताए । यसका साथै बाढीपीडितहरुको व्यक्तिगत सरसफाइ र स्वस्थ्य खानपीन र रहनसहनमा पनि उत्तिकै जोड दिएका छौं’ प्रवन्धक अर्यालले राजधानीलाई भने । 

संघका शाखाहरुद्धारा तराईका विभिन्न ठाउँमा स्थापना गरिएका प्रजनन स्वास्थ्य सुचना केन्द्रमार्फत सुरक्षित यौनसम्पर्क गर्नका लागि नियमितरुपमा कण्डम बाँड्ने कामलाई निरन्तरता दिएतापनि अहिले भने यसलाई बढी प्राथमिकता नदिएको बताउँदै प्रवन्धक अर्यालले भने–‘यस्तो अवस्थामा यौनसम्पर्क नै नहोस भन्ने संघको उद्धेश्य हो ।’ 

यसका साथै संघले ती जिल्लाहरुमा सञ्चालन गरेको स्वास्थय शिवीरमा प्रजनन स्वास्थय, यौनरोग तथा एचआइभि एड्स शिवीर सञ्चालन गरि त्यस्ता व्यक्तिको स्वास्थ्य परिक्षण गरि आवश्यक पर्नेलाई निःशुल्क औषधि समेत वितरण गरिएको पनि प्रवन्धक अर्यालले बताएका छन् ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply