Ticker

6/recent/ticker-posts

बाढी-पहिराेकाे पीडा तस्बीरमा....

काठमाडाैं, २८ साउन । विगत केही दिनयता देशभर भारी वर्षा  भइरहेको छ । वर्षा अझै  केही दिन सक्रिय रहेनेतर्फ सतर्क रहन सरकारले सबै सर्वसाधारणलाई आग्रह गरेको छ । पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म बाढीले बस्ती डुवानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोको पीडा छ ।
पश्चिम तराई भन्दा पूर्वी तराई जलमग्न छ । ठूलोमात्रामा धन जनको क्षति भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन अपिल गरेको छ भने गृहमन्त्रालयले खोज , उद्दार र राहतमा  सहयोग सार्वजनिक अपील गरेको छ । 
सिरहाकाे मुसहर वस्तीमा बाढी पसेपछि...
नदी तथा खहरे खोलमा आएको बाढी गाउँ पस्दा पूर्वका झापा, मोरङ सुनसरी, सिरहा र सप्तरीको अवस्था नाजूक
जलमग्न विराटनगर विमानस्थल
घोराही–तुलसीपुर सडक खण्डको हात्ती खौवा र मोतिपुर बीचमा पर्ने खोलामा आएको बाढीले कल्भर्ट बगाएपछि...
चितवनः बाढीले माडीकाे पूल बगाएपछि...
पहिरोका कारण धरान धनकुटा राजमार्गमा अवरुद्ध

Post a Comment

0 Comments