Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, भदौ । एभरेस्ट इंगलिस स्कुल मिवाछेंको आयोजनामा सोमबारदेखि सो विद्यालयमा आयोजित तेस्रो एभरेस्ट उपत्यकाव्यापी अन्तरविद्यालय आमन्त्रण बास्केटबल प्रतियेगिता विहीबार सम्पन्न भएको छ ।  
प्रतियेगिताको जुनियर छात्रातर्फ इन्नोभेटिभ स्कुलले श्री चन्द्रविन्दु बोर्डिंग स्कुल (स्किव्स) लाई २ अंकले हराउँदै जीत हात पार्यो भने छात्र जुनियरतर्फ ज्ञान निकेतन स्कुलले नवज्योति स्कुललाई ६ अंकले पछि पार्दै जित हात पार्यो । यसैगरि थ्री अन थ्री ब्वाइज सिनीयरतर्फ ग्रामर स्कुलले स्कीब्सलाई ४ अंकले हराउदै जीत हात पारेको छ । 
यसैगरि फेयर प्ले टीमको रुपमा ब्वाइज जुनियरतर्फ सैनिक आवासिय मावि, गल्र्स जुनियरतर्फ सिद्धार्थ बनस्थली स्कुल र सिनीयर ब्वाइजतर्फ जनप्रेमी स्कुल तथा सिनीयर ब्वाइजतर्फ ग्रामर पब्लिक स्कुल, जुनियर ब्वाइजतर्फ ज्ञान निकेतन स्कुल र जुनियर गल्र्सतर्फ इन्नोभेटिभ स्कुलले ट्रफि पाए । 

विद्यालय निरीक्षक सविता दंगाल, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, भाइस प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे । 

लीगको आधारमा खेलाइएको सो प्रतियोगितामा उपत्यकाका १९ विद्यालयका ३२ टिमले भाग लिएका थिए ।  

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply