Ticker

6/recent/ticker-posts

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दौडधूप शुरु

काठमाडौं, साउन । नयाँ सञ्चारमन्त्रीमा मोहन बस्नेत  नियुक्त भएसँग अहिले चलचित्र कर्ममा लाग्नेहरू चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि दैनिक सञ्चार मन्त्रालयमा धाउन थालेका छन् । 


बोर्डको अध्यक्ष सरकारले नियुक्त प्रावधान अनुरुप केही कलकारहरु अध्यक्षका लागि दौडधूपमा लागेका हुन् । गत जेठ २२ गते निवर्तमान अध्यक्ष राजकुमार राईको दुई वर्षे कार्यकाल सकिपछि नै दौडधूप शुरु भएसँगै दौडधूप शुरु भएको हो ।  राईको कार्यकाल सकिएपछि अहिले विकास बोर्ड अध्यक्षविहीन छ । 

उक्त कुर्सीका लागि सञ्चार मन्त्रालयमा दर्जन बढी चलचित्रकर्मीहरुको नाम पुगिसकेको बताइन्छ । जसमा प्रभु शमशेर जबरा, रोज राणा, सुचित्रा श्रेष्ठ, तिर्थ थापा, सन्दिप सापकोटा, हेमन्त बुढाथोकी, सुष्मा कार्की, दिनेश डिसी, आकाश अधिकारी, मनोज केसी, जर्नाजन आचार्य, रामकेशर बोगटी लगायतको नाम चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार मन्त्रालयमा पुगेको बताइन्छ । 

प्रभु शमशेर जबरा फिल्म निर्माता हुन भने रोज राणा फिल्म निर्माता, निर्देशक र कलाकार हुन् । यस्तै, सुचित्रा श्रेष्ठ (महिला निर्देशक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष), तिर्थ थापा (निर्देशक, कलाकार तथा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको सभापति), सन्दिप सापकोटा (कलाकार, चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष, सेन्सर बोर्डका सदस्य र नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघका अध्यक्ष) हुन् ।

 त्यस्तै हेमन्त बुढाथोकी (कलाकार), सुष्मा कार्की (कलाकार तथा नेपाल सांस्कृतिक संघकी पूर्व सहमहामन्त्री), दिनेश डिसी (फिल्म निर्देशक, फिल्म निर्माता, कलाकार तथा चलचित्र निर्देशक समाजका निर्वतमान अध्यक्ष), आकाश अधिकारी (फिल्म निर्देशक, कलाकार, फिल्म निर्माता र चलचित्र निर्माता संघका अध्यक्ष), मनोज केसी (कलाकार, फिल्म निर्माता तथा निर्वतमान चलचित्र प्राविधिक संघका अध्यक्ष), जर्नाजन आचार्य (फिल्म निर्माता) र रामकेशर बोगटी (कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष) हुन् । त्यस्तै, विकास बोर्डका निर्वतमान अध्यक्ष राजकुमार राई पनि फेरि अध्यक्षको दौडमा रहेको बुझिएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष र सदस्यमा सरकारी नियुक्ति हुने भएका कारण जम्बो मन्त्री मण्डलले जसको नाम सर्वसम्मत रुपमा पारित गर्छ उही चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने छ ।

यसैबीच, माननीय मन्त्री सुरेन्द्र कुमार कार्कीले मन्त्रालयबाट टिप्पणी उठाई क्याबिनेटबाट कम्तिमा स्नातक पास भएको व्यक्ति मात्रै बोर्डको अध्यक्ष बन्न पाउने प्रावधान बनाएका छन् । बोर्डको अध्यक्षको हैसियत मन्त्रालयको सचिब सो सरह हुने भएकाले बोर्डमा अण्डर एस.एल.सि. का अध्यक्ष भइरहेको स्थितिमा त्यो नियम बनाइएको हो । शैक्षिक योग्यता तोकेपछि अण्डर एस.एल.सि. वालाहरुले बिरोध जनाउन थालेका छन् । 

कोही पुःन नियुक्त नपाउने भनेर कोहि योग्यता कम हुने भो भनेर रोइकराई गरी शक्तिकेन्द्र धाउन थालेका छन् । ठुलै रकम घुस दिई स्नातक पढेको भन्ने बुँदा हटाउन लागिपरेको स्रोत बताउँछ । तर यहि बिचमा चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले यदि आर्थिक चलखेल गरी यो बुँदा हटाएमा कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

Post a Comment

0 Comments