Ticker

6/recent/ticker-posts

सञ्चिताको सौन्दर्य राज, यस्ता छन् केही टिप्स

काठमाडौं, भदौ । अभिनेत्री सञ्चिता लुइँटेलले आफ्नो स्वस्थ जिवनशैलीको राज खुलाएकी छन् । उनले आफ्नो सुन्दरता र स्वस्थ शरीरका विषयमा आफ्नो नियमित कार्यतालिका नै भएको बताएकी छन् ।

के छन् त त्यस्ता सञ्चिताको सौन्दर्य राज ? 
समयमा सुत्ने उठ्ने
बिहान चाँडै र राति चाँडै सुत्ने प्रयास गर्छु ।

जिम नियमित
म सँधै बिहान एक घण्टा व्यायाम तथा जिम गर्छु ।

खाना
बिहान र साँझ नियमित रुपमा एउटै समयमा खाना खाने गरेकी छु ।

बोसो जम्न नदिने
राति साढे सात वा आठ बजेसम्म खाना खान सकिन्छ । खाना खानेवित्तिकै धेरै बेर सुत्ने वा बोसो जम्न दिने काम केही नगारौं ।

पानी सेवन
मैले नियमित दुइृदेखि तीन लिटरसम्म पानी पिउने गरेकी छु ।

जंकफुड नखाने
बजारमा पाइने जंकफुड केहि पनि खाँदिन । यसले शरीरमा असर गर्छ ।

खानेकुरा चपाएर
जे खान्छौं त्यो चपाएर खानुपर्छ । यसले गर्दा पाचन यन्त्रलाई खानेकुरा पचाउन अतिरिक्त शक्ति खर्च गर्नु पर्दैन । 

Post a Comment

0 Comments