Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

युवराज शाही / बाजुरा
बाजुराको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बुढीनन्दा सुन्दरताको अनुपम खानी हो ।  हरिया फाँट, उच्च पहाड, रंगीचंगी फूलहरुले यहाँको शोभा बढाएको छ । हालको बुढीनन्दा नगरपालिकामा पर्ने बुढीनन्दा पुग्न बाजुराको कोल्टीबाट पैदल हिडेर तीन दिनमा पुगिन्छ भने सदरमुकाम मार्तडीबाट चार दिन लाग्छ ।

यहाँ साउने पूर्णिमामा निकै ठूलो मेला लाग्ने गर्दछ । सयौं दर्शनार्थी उच्च मनोबल र विभिन्न मनोकांक्षा पूरा गर्न बुढीनन्दा पुग्ने गर्दछन् । त्यहाँ पुगेर मनले चिताएको मागे पूरा हुन जनविश्वास रहँदै आएको छ । 
४ हजार  ५ सय  ८१ मिटरको उचाईमा अवस्थित एउटा विशाल बुढीनन्दा ताल छ । त्यसको आसपासमा स–साना दर्जन बढी ताल छन् । ताल वरीपरि चट्टानै चट्टान देख्न सकिन्छ । 

गगनचुम्बी चट्टान हेर्दा निकै अत्यासलाग्दो देखिन्छ । तर पनि दर्शनार्थीहरु त्यहाँ पुगेपछि आ–आफ्ना सबै पीडा भूलेर त्यहाँको मनोरम दृश्यमा रमाउँछन् । त्यहाँ पुग्ने अधिकांश दर्शनार्थी नांगै खुट्टाले पुग्ने गर्छन् । शुद्ध तथा चोखो खानेकुरा मात्रै बोक्छन्, अन्यथा बुढीनन्दा माइले छल्ने (अशुभ हुने) जनविश्वास रहँदै आएको छ । 

बुढीनन्दाको महत्वपूर्ण विशेषता भनेको क्षणभरमै पानी पर्नु र आकाश खुल्नु पनि एक हो । कति बेला पानी पर्छ र कति बेला आकास खुल्छ केही टुंगो हुँदैन । जैविक विविधताको खानी बुढीनन्दाले विभिन्न पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको हुँदा हुँदै पनि यसको अभिषाप बनेको छ बाजुराको विकटता । 

त्यहाँ पुग्नको लागि न गतिलो बाटो छ, न त राज्यले नै पहल गरेको छ । सम्भावनाकाे खानी बुढीनन्दाकाे प्रचार प्रसारमा बाजुराबासी जुटेपनि राज्यकाे दृष्टि कहिले पुग्ने हाे ? पर्खाइमा छन् स्थानीय । 

साउने पूर्णिमाकाे मेलाकाे केही झलक

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply