Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १५  भदौ ।  गीत संगीतमा कलम चलाउँदै आएका कृष्ण सापकोटा मोडलिङ पनि उत्तिकै सफल बन्दै गएका छन् ।  पेशा प्रतिको मेहेनत तथा ईमान्दारिताले पनि उनलाई यो क्षेत्रमा दिनानुदिन सफलता हातपार्दै गएका छन् ।
पल्कोट ३, अर्घाखाँचीका सापकोटाले सानैदेखि गीत संगीतमा रुची राख्नुका साथै अभिनयमा पनि उत्तिकै चासो दिन्थे । सानैदेखिको रुचीकै कारण उनी मोडलिङ क्षेत्रमा स्थापित हुन पुगेका हुन् । नेपाली सांगीतिक क्षेत्रका चल्तिका दर्जनौ लोकदोहोरी गीतमा उनले मोडलिङ गरिसकेका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा यती बेला एउटा नयाँ गीत निकै चर्चा छ जुन कृष्ण सापकोटाको अभिनयमा दशै गित  “खाली निधार” बोलको  बजारमा आएको छ ।
 उक्त गीतमा कृष्ण सापकोटा साथै रमा थपलिया र रन्जु अधिकारीको अभिनय रहेको छ । गीतमा मदन सोनार निराजन अधिकारी र जमुुना सोनारको स्वर रहेको छ भने अधिकारीको लय रहेको छ ।

हिन्दू धर्मावालम्बीहरुको महान चाड दशै तिहारलाई मध्यनजर गर्दै सभ्यता क्रियशन प्रालिको प्रस्तुतिमा मर्मस्पर्शी दशै गीत ‘खाली निधार’ बजारमा ल्याएका हुन् । दशै तिहारमा  परिवारसँग छुटटिएर विदेशमा बस्नु परेको मर्म यस गीतमा व्यक्त गरिएको छ । वर्ष दिनको चाडमा आफ्नो परिवार साथमा नहुँदा परिवारका सदस्य तथा परदेशीलाई कति पीडा हुन्छ भन्ने कुरा यस गीतले प्रस्ट पारेको छ ।
गीतको भिडियो


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply