Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौँ, ५ भदौ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढी प्रभावित क्षेत्रमा बढ्दै गएको रोगहरुको संक्रमणलाई ब्यबस्थापन गर्न तर्फ सरकार लागि परेको बताउनुभएको छ ।

उहाँले बाढीपश्चात फैलन सक्ने महामारी र विभिन्न रोगलाई नियन्त्रणमा लिन सरकारले विभिन्न उपायहरु अपनाएको बताउनुभयो ।

सोमबार चाइना ग्रेटवाल स्वास्थ्य केन्द्रका संचालक नारायण तिमिल्सिनाले बाढी ग्रस्त क्षेत्रमा औषधी वितरण गर्न सरकारलाई गरेको सहयोग ग्रहण गर्दै मन्त्री पोखरेलले सहयोगका रुपमा आएका औषधीहरु बाढी पीडितहरु सम्म पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले स्वास्थय क्षेत्रमा अहोरात्र हट्ने विभिन्न संस्था र स्वास्थ्य केन्द्रहरुलाई थप हौसला प्रदान गर्दै सरकारलाई उपलब्ध भएका औषधीहरु बाढीपीडितहरुसम्म पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाइना ग्रेटवाल स्वास्थ्य केन्द्रले बाढी प्रभावित क्षेत्रका जनतालाई करिब एक लाख रुपैँया बराबरको औषधी सहयोग गरेको थियो । चाइना ग्रेटवाल स्वास्थ्य केन्द्रको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बाढी पीडितको लागि केही राहत सहयोग गरेको केन्द्रकी नर्स सुनिता गुरुङले बताउनुभयो ।

तराईमा बाढीपश्चात महामारी र रोग फैलिन नदिन विभिन्न स्वास्थ्य केन्द्रहरुले औषधी वितरण गर्न ध्यानाकर्षण गराउँँदै सरकारलाई औषधीहरु समेत उपलब्ध गराएर सहयोग गर्दै आएका छन् । साभारः न्यूज २४


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply