Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिरहा, १४ भदौ । पछिल्लो समय तराईमा एउटा समाचारले सनसनी मच्चाएको छ । राति सुतिसकेपछि विहान उठ्दा केही महिलाको चुल्ठो नै काटिएको अवस्थामा भेटिन थालेपछि यो घटना अहिले रहस्यमय बन्दै गएको छ । एक साताभित्रै सिरहामा मात्रै सात जना महिलाको चुल्ठो काटिएको घटना सार्वजनिक भइसकेको छ । 

सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैया लगायतका ठाउँका सात जना महिलाको चुल्ठो काटिएको भेटिएको हो । ति मध्ये एक बालिकाको अदृष्य शक्तिले चुल्ठो काटिएको पीडित परिवारले जनाएका छन भने बाँकी सबै महिलाको चुल्ठो किराले काटेको बताइन्छ ।

किराले चुल्ठो काटेपछि महिलाहरु बेहोस् हुने गरेका छन् । बेहोस भएका महिलाहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ, तर वास्तविकता के हो अझै बाहिर आइसकेको छैन ।
  चुल्ठाे काटेपछि बेहाेस बनेकी सिरहाकी एक महिला     
सिरहाको मिर्चैया बजारमा भने एक महिलाको चुल्ठो काटिरहेका बेला किरालाई समातेपछि चुल्ठो किराले नै काटेको हो भन्ने कतिपयले विश्वास गरेका छन् । तर त्यो भेटिएको किरा अहिलेसम्म तराइमा नभेटिएको नौलो खालको किरा रहेको बताइन्छ । जुन किरा आफूहरुले कहिल्यै नदेखेको स्थानीय बताउँछन् । 

अहिले उक्त किरालाई मिर्चैयाका यूवाहरुले प्लाष्टिकको डिब्बामा राखेका छन् । जुन किरालाई हेर्नेहरुको भिड लाग्ने गरेको छ ।  केही स्थानीयले भने प्रेतात्माका कारण चुल्ठो काटिएको विश्वास गर्दै डरले हरेक घरको प्रवेशद्वार, झ्याल र ढोकामा निमको पात राख्नुका साथै कागति, लसुन र खुर्सानीको माला उनेर घरको  दैलोमा झुण्ड्याउन थालेका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply