Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले देउवाको धारणामा सहमति जनाउँदै त्यसमा भारतको सहयोग रहने वचन दिए । प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा पनि दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा स्वागत गर्दै देउवाको प्रसंसा गरेका थिए ।

लोकतन्त्र संस्थागत गर्न व्यक्तिगत र संस्थागत तपाईहरुको प्रयास सराहनीय छ , मोदीले पत्रकार सम्मेलनमा भने ‘सबैसँगको संवाद निरन्तर राख्दै सफलतापूर्वक संविधान कार्यान्वयन होस् ।’

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने– ‘संविधान संशोधनका केही मुद्दा अझै थाती छन्, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनः संशोधन प्रयास गर्नेछु’, देउवाले भने, ‘निकट भविष्यमा दुईतिहाइ बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं ।’

नेपाल र भारतबीच ८ समझदारी

नेपाल र भारतबीच विभिन्न ८ ओटा सम्झौता भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री नरेन्द्रबीचको एक्ला एक्लै र संयुक्त वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता भएको हो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता आदान प्रदान भयो । सम्झौता भएका ८ विषयमध्ये ४ ओटा भूकम्पपछिको पुनःनिर्माणबारे केन्द्रीत छन ।

भत्किएका संरचना, शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदाको पुनःनिर्माणबारे केन्द्रीत छ । त्यस्तै लागुऔषध नियन्त्रण, मेची पुल स्तरोन्नति, मौसमको नापजांच र चार्टर्ड एकाउण्टेण्टस्का विषयमा छ । सम्झौताका भएका ८ विषयमा दुवै देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका छन । दुई प्रधानमन्त्रीले रिमोट थिचेर कटैया कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन पनि गर्नुभएको छ । यो लाइनबाट थप १०० मेगावाट विद्युत भारतले नेपाललाई दिनेछ ।

भूकम्पसम्बन्धीका चार विषयमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र भारतका तर्फबाट विदेश सचिव एस जयशंकरले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै मेची नदीमा बनाउने फराकिलो पुलबारेको सम्mभौतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतका तर्फबाट रोड ट्रान्सपोर्ट एन्ड हाइवेज सचिव युद्धवीर सिंहले हस्ताक्षर गर्नुभएको छ । लागू औषधको व्यापार रोक्ने विषय गृह सचिव लोकदर्शन रेग्मी र भारतीय अर्थ मन्त्रालयका रेभेन्यु सेक्रेटरी हसमुख अधियाले हस्ताक्षर गर्नुभएको छ ।

स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्टमा सहयोग सम्झौतामा नेपाल गुणस्तर तथा मापदण्ड ब्युरोका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतीय समकक्षी सन्जय सिंहले हस्ताक्षर गर्नुभएको छ भने चार्ट एकाउन्टेन्ट इन्स्टिच्युटहरुबीचको सम्झौतामा नेपालका तर्फबाट इन्स्टिच्युटका अध्यक्ष प्रकाश थापा र भारतका तर्फबाट निलेश भिकाम्सेले हस्ताक्षर गर्नुभएको छ ।

दुवै देशका प्रतिनिधिमण्डलको भेटवार्ता सकिएपछि भएको पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमै सबैलाई स्विकार्य हुनेगरी संविधान संशोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा उहाँले सबैलाई स्विकार्य हुने गरी संविधान संशोधन गर्ने बचन दिनु भयो । दुई तिहाई बहुमत नपुगेका कारण संविधान संशोधन विधेयक पारित हुन नसकेमो स्पष्ट पार्दै उहांले संशोधन विधेयक पारित नभएपनि राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न निर्वाचनमा सहभागी हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री देउवाले नेपाल–भारतबीचको सम्बन्ध अझै विस्तार हुँदै जाने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्र र विकास दुवै देशको चाहना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न नेपाल सधैं लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले विगतमा अघिबढन नसकेको जलविद्युत आयोजनाहरुको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न भारत सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, स्थायित्व र आर्थिक समृद्धि भारतीय चाहना रहेको बताउनु भयो । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानलाई सफलतापूर्वक कार्यान्वयनमा लैजाने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले सबैको भावनालाई समेटेर संविधानको सफल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा सफल हुने विश्वास व्यक्त गर्नु भयो । 

प्रधानमन्त्री देउवासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासमा भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । नेपालको जलस्रोतमा भारतले लगानी गर्न चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले थप सहयोग गर्न चाहेको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री मोदीले नेपालमा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै त्यसले प्रजातन्त्र र स्थायित्वलाई सुदृढ बनाउने विश्वास पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री मोदीले बाढि प्रभावित क्षेत्रमा भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले दुई देशबीचको हितलाई केन्द्रविन्दुमा राखेर सिमावर्ती क्षेत्रमा देखिएको डुबान समस्या समाधान गर्ने सहमति भएको पनि जानकारी दिनु भयो ।

प्रधानमन्त्री मोदीले अरुण तेस्रो जलविद्युत आयोजना शिलान्यासका लागि प्रधानमन्त्री देउवाले निमन्त्रणा गरेकोमा पनि आभार व्यक्त गर्नु भएको थियो । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच छुट्टा छुट्टै भेटवार्ता भएको थियो । 

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष नेपालको विकासमा थप सहयोग गर्न आग्रह गर्नुभएको छ । देउवाले दुई मुलुकबीच आपसी विश्वास, सहकार्य तथा समझदारी विकास गर्न समेत आग्रह गर्नभएको थियो । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासमा भारतको साथ रहने आश्वासन दिनुभएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply