Ticker

6/recent/ticker-posts

दुव्र्यसन नियन्त्रण गर्ने डिआईजी राईको वचन

ललितपुर, साउन । शुक्रबारमात्रै वरिष्ठ प्रहरी उपरिक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नति भएका नेपाल प्रहरीका डिआइजि ठुले राईले ललितपुरको मोतिटारमा शनिबार आयोजित एक कार्यक्रममा किशोर र युवाहरुलाई कुलतमा फसाउने लागुऔषध दुव्र्यसन नियन्त्रण गरी युवाहरुलाई सुमार्गमा ल्याउने वचनवद्धता जनाएका छन् ।

नेपाल प्रहरी तथा मोतेश्वर समाज सुधार समितले संयुक्तरुपमा आयोजना गरेको लागुऔषध दुव्र्यसनी र यसको जोखीमबारे जनचेतनामूलक अन्तरकृया कार्यक्रमलाई महालक्ष्मी नगरपालिका वडा नं ५ मोतिटारमा सम्बोधन गर्दै उनले विद्यार्थीहरुले सँधै सकारात्मक र राम्रा कामको मात्रै अनुशरण गर्नुपर्ने खराव चरित्र भएका साथी भाई या जोकोहीबाट पनि टाढा रहनुपर्ने कुरामा जोड दिए ।

मोतेश्वर समाज सुधार समितिका अध्यक्ष मोहन खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञहरु (साइक्याट्रिक) प्रा.डा.सुदर्शन नरसिंह प्रधान, सहायक प्राध्यापक सुरज शाक्य, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक प्रकाश थापा, आयोजक समितका सचिव विनोद नेपाल लगायतले लागुऔषध दुव्र्यसन र यसको हानीका बारेमा विद्यार्र्थी तथा स्थानीय किशोरकिशोरी र युवाहरुलाई जानकारी गराएका थिए ।

महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुको सहयोगमा आयोजित सो अन्तरकृया कार्यक्रम अघि  महालक्ष्मी नगरपालिकाको ५ नं वडाको मोतिटारमा रहेका इन्श्राइन नेशनल सकेकेण्डरी स्कुल, महेन्द्रग्राम मावि र हेरिटेज स्कुलका विद्यार्थीहरुले लागुऔषध दुव्र्यशन विरुद्धको जनचेतनामूलक व्यानर र प्लेकार्ड लिएर सो वडाको परिक्रमा गरेका थिए ।

Post a Comment

0 Comments