बलराम प्यासी
काठमाडौ, भदाै । कारागारमा भगवान श्रीकृष्णको जन्म, कृष्णलीला, गोठालोको भुमिका, सुदामासंगको मित्रता, गोठालालाई दुःख दिने कालीनागको वध, गोवर्धन पर्वत आफ्नो कान्छी औंलाले उचालेर गोठालाहरुलाई भारी वर्षाबाट जोगाउन ओत लगाएको, खराव प्रवृत्तिका आफ्नै मामा कंश र मामाले आफुलाई मार्न पठाएको पुतना राक्षसनीको वधजस्ता धार्मिक कुरालाई आधार मानेर श्रीकृष्ण जन्माष्टमीको अवसरमा विद्यार्थीहरुले ‘श्रीकृष्ण लीला’ नाटक मञ्चन गरे ।
काठमाडौ, भदाै । कारागारमा भगवान श्रीकृष्णको जन्म, कृष्णलीला, गोठालोको भुमिका, सुदामासंगको मित्रता, गोठालालाई दुःख दिने कालीनागको वध, गोवर्धन पर्वत आफ्नो कान्छी औंलाले उचालेर गोठालाहरुलाई भारी वर्षाबाट जोगाउन ओत लगाएको, खराव प्रवृत्तिका आफ्नै मामा कंश र मामाले आफुलाई मार्न पठाएको पुतना राक्षसनीको वधजस्ता धार्मिक कुरालाई आधार मानेर श्रीकृष्ण जन्माष्टमीको अवसरमा विद्यार्थीहरुले ‘श्रीकृष्ण लीला’ नाटक मञ्चन गरे ।
ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेमा अध्यनरत तीन दर्जन भन्दा बढी विद्यार्थीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर विद्यालयमा अभिभावक सामु श्रीकृष्ण लीला नाटक मञ्चन गरेपछि त्यहाँ उपस्थित सबै अभिभावकहरुका आँखा रसाएका थिए । कतिले त आफुहरुले धेरै वर्षअघि टेलिभिजनमा ‘महाभारत’ र ‘श्रीकृष्ण सिरीयल’ हेरेको समेत कल्पना गर्न भ्याएको बताए ।
अतिरिक्त कृयाकलाप अन्तर्गत विद्यालयमा रहेको नाटक समूह र नृत्य समूहको छोटो संयुक्त तयारीमा विद्यार्थीले जीवन्त नाटक प्रस्तुत गरेका थिए । त्रेतायुगमा देवकी र बासुदेवको आठौं सन्तानको रुपमा कारागारमा जन्म लिएका भगवान श्रीकृष्णले पाप र खराव चरित्रको अन्त्यको लागि आफ्नो जन्म भएको बताएको कुरा विद्यार्थीहरुले नाटक मार्फत देखाएका थिए ।
देवकीकोे कोखबाट आठौं सन्तान कृष्णको जन्मलगत्तै मध्यरातमा कारागारबाट बासुदेवले उनलाई टोकरीमा हालेर वृन्दावन मथुरामा पुर्याएर यशोदा र नन्दबाबालाई जिम्मा लगाएर फेरी कारागारमा फर्किएको कुरापनि विद्यार्थीले नाटकमा देखाएका थिए ।

ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल तथा कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ शाहको उपस्थितिमा कलेजका प्रिन्सिपल डा.विहारी विनोद पोखरेल, जिल्ला शिक्षा कार्यालयकी विद्यालय निरीक्षक उषा लामिछाने, समाजसेवी शशि विक्रम राणा,गायीका एवम कवि शान्ति शर्मा रिजाल, पतञ्जली योग सेवा समिति जनकपुरका प्रभारी शान्ति महतो लगायतले विद्यार्थीले त्यतिठुलो सन्देशमुलक धार्मिक महत्व बोकेको श्रीकृष्ण लीला नाटकमा प्रस्तुत गर्नु निकै राम्रो प्रयास भएको बताए ।
विद्यालयका निर्देशक राजन सुबेदीका अनुसार विद्यार्थीहरु सञ्जीव ओली,प्रशन्त तामांग अनिश शिवभक्ति, प्रज्वल बस्नेत, अनुराग महत, विपुल श्रेष्ठ, सौहाद्र श्रेष्ठ, धिरेन्द्र शाही, राज ममुन, कृष्ण राई, रश्मि पन्थ, सुप्रिया बस्नेत, सुशान्त बानियाँ, सुमन मण्डल, स्वेच्छा दत्त, संस्कृति घिसिंग, अञ्जली कर्ण, आँचल जैसवाल, जस्मि घिमिरे र किरण बमलगायत ३ दर्जन विद्यार्थी कलाकारले आफ्नो भूमिका निभाएका थिए । कृष्णको आमा देवकीको भूमिकामा जस्मि घिमिरे र बाबु बासुदेवको भूमिका निभाएका किरण बमको भूमिकालाई धेरैले मनपराएका थिए ।
नाटकको वीचविचमा नृत्य तथा भजनहरु प्रस्तुत गरिएको थियो । यसका लागि नृत्य शिक्षकहरु विद्या देउला र रोहित बस्नेत,संगित शिक्षक मोहन मगरलगायतले सघाएका थिए । यसैगरि कृष्णजन्माष्टमीकै अवसरमा सांस्कृतिक झाँकीका साथ विद्यालयमा कृष्ण झुला झुलाइएको थियो ।
विद्यालयले पढाईसंगै सनातन हिन्दु धर्म र संस्कृतिको संरक्षण रसम्वद्र्धन गर्दै आएको छ । गत जनैपुर्णमाको अवसरमा विद्यार्थीहरुबीच राखी बनाउने प्रतियोगिता समेत गरेर विद्यार्थीलाई चाडपर्वबारे अविश्मरणीय ज्ञान दिएको विद्यार्थीले बताएका छन् ।
No comments: