Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर, साउन । एभरेट इंगलिस स्कुल मिवाछेंका नृत्य निर्देशक भोगेन्द्र मानन्धरको नेतृत्वमा ८ विद्यार्थी मित्रराष्ट्र चीनको १० दिने अध्ययन भ्रमण गरी फर्केका छन् । 

चीनको राजधानी बेइजिंगमा सम्पन्न बि.आई.र्ई.ई क्याम्पमा भाग लिन विद्यार्थीहरु रितिका चवाल, ओस्कार गुरुंग, पुष्पा कार्की, सुस्मित श्रेष्ठ, अनुस्का कार्की, अनुराग बुढाथोकी, सुदर्शन बज्राचार्य, गौरव चटौत र इयान बुढाथोकी चीन गएका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र भाइस प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यालयमा टिका र खादा लगाएर उनीहरुलाई विदाई गरेका थिए ।

क्याम्प अवधिमा संसारको सबैभन्दा ठुलो पर्खाल ग्रेटवाल र चर्चित तियानमेन स्क्वायर, बिर्सिएको शहर ‘फर्बिडन सीटि’, क्यापिटल म्युजियम, नेशनल स्टेडियम र  र स्वर्गको मन्दीर टेम्पल अफ हेभेनको अवलोकनमा गएको ति विद्यार्थीले बताए । चीनको सुन्दरता, सरसफाई, दृष्यावलोकन गर्ने स्थलहरुको त जति चर्चा गरेपनि नसकिँने ति विद्यार्थीले बताए ।

क्याम्प अवधिमा विद्यार्थीलाई नयाँ नयाँ ठाउँ देखाउनेमात्रै होइन, चिनीया भाषा, कला, संस्कृतिका विविध पक्षबारे पनि जानकारी गराइएको थियो भने एभरेस्ट स्कुलका विद्यार्थीले पनि नेपालको देशको कला, संस्कृति र परम्परा देखाएका थिए ।

सो क्याम्पमा नेपालका साथै पाकिस्तान, भारत, अजेन्टिना, मलेसिया, बंगलादेश, क्यानाडा, अमेरिका लगात ३३ देशका विद्यार्र्थी सहभागी थिए । उनीहरुसंग मित्रता गाँसेर विद्यार्थी १० दिनपछि नयाँ र नौलो अनुभव बटुलेर नेपाल फर्किएं ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply