Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौ, ५ भदाै ।  सोमबार कुशे आैंशी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दु धर्मावलम्वीहरुले आफुलाई जन्म दिने बाबुको हेर्न, उहाँलाई मन पर्ने खानेकुरा, लत्ताकपडा  र आफ्नो गक्षअनुसारको उपहार लिएर पुग्नु नौलो कुरा होइन ।

तर आफ्ना बाबुआमा गुमाएर वालआश्रममा बसेका केटाकेटीले चाँहि कुशे औंशीमा बाबु र मातातिर्थ औंशीमा आफ्नो आमा कहाँ खोज्न जालान, संवेदनशील र मार्मिक विषय हो । बुझ्ने उमेर भएकाले त बुझ्लान, नबुझ्ने केटाकेटीले त बाबुआमा खोज्ने नै भए ।  

नेपालको पहिलो एसओएस वालग्राम सानोठिमीको १६ वटा घरमा आश्रय लिइराखेका १ सय ६० वालवालिकाले कुशेऔंशीको दिनमा वालग्रामको फादर अर्थात वालग्राम निर्देशक खगेन्द्रकुमार नेपाल (बाबा) को मुख हेरे । सानोठिमी वालग्रामका हरेक घरमा १०÷१० जना वालवालिका छन् ।

उनीहरुले आफ्नो बगैंचाको फूलबाट बनाएको पुष्पगुच्छादेखि आआफ्नो गक्ष अनुसारको उपहार, खानेकुरा र आफुले बनाएको चित्रकला समेत लगेर बाबालाई दिएर मुख हेरेका थिए । कति केटाकेटीले त आफ्नो घरकी आमालाई भनेर सेलरोटी नै पकाउन लगाएका थिए । बाबाको तर्फबाट १ सय ६० वालवालिकालाई आइसक्रिम बाँडिएको थियो । वालग्राममा हुर्केर समाजमा पुर्नस्थापना भएका र विहेवारी गरी घरजम गरेका छोरछोरीहरु पनि कुशेऔंशीका दिन वालग्रामका बाबालाई भेट्न आएका थिए ।

वालग्राममा जतिवटा घर छ त्यतिनै संख्यामा आमा र त्यति नै काकी हुने गरेतापनि सिंगो वालग्रामको रेखदेख गर्ने एकजना निर्देशक नै त्यो वालग्रामभरीको ‘बाबा’ हुन्छन । एसओएस वालग्राम सानोठिमीमात्रै नभई नेपालभरी रहेका जोेरपाटी, काभ्रे, छोरेपाटन र रामबजार पोखरा, भरतपुर, इटहरी, लुम्विनी, सुर्खेत र कैलालीका केटाकेटीले पनि आआफ्नो वालगामका निर्देशक अर्थात बाबाको मुख हेरेको एसओएस वालग्राम नेपालले जनाएको छ ।  १० वटा वालग्राममा करीव एकहजार वालवालिका रहेका छन् ।

संसारभरका १ सय ३४ मुलुकमा छरिएर रहेको एसओएस वालग्राममा आश्रीत केटाकेटीले आआफ्नो देशको संस्कृति र परम्पराअनुसार बाबुआमा र शिक्षक दिवस मनाउँदै आएका छन् । संसारभरी नै एसओएस वालग्राम बाबा, आमा÷काकी, दाजुभाई र दिदीवहिनी सहितको संरचनामा आधारित विशुद्ध पारिवारिक ‘मायालु घर’ हो ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply