Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १३ भदौ ।  नेपाल तरुणदल काठमाण्डौले काठमाडौंका विभिन्न क्षेत्रबाट बाढी पीडितका लागि  संकलन गरेको राहत बाढी प्रभावित क्षेत्रमा पु¥याएको छ ।

नेपाल तरुणदल काठमाण्डौ क्षेत्र नं. ४ , ६ , ९ , १०  का.म.न.पा वडा नं. ७, चन्द्रागिरि, तारकेस्वर, टोखा नगरपालीकाले तरुणदल काठमाण्डौका अध्यक्ष कृष्ण जी खड्कालाई हस्तान्तरण गरेको राहत सामग्री कोषाध्यक्ष अमृत मानन्धर र समाजसुधार तथा बाताबरण विकास नेपाल सप्तरीका अध्यक्ष अर्जुनकुमार यादवको उपस्थितीमा सप्तरी जिल्लाको हनुमाननगर कंकाली नगरपालीका वडा नं. १४ लगायतका पीडित क्षेत्रमा २२० घरधुरीलाई वितरण गरिएको छ ।
त्यसैगरी, नेपाल तरुणदल टोखा नगरपालीका वडा नं. १० का अध्यक्ष तथा समाजसेवी दिपक थापा बाट प्राप्त  पच्चीस हजार रुपैयां सुनसरी जिल्ला इटहरी ४  गैरी गाउ निवासी बाढीले बा , आमा , भाई गुमाएका टुहुरा पीडित १५ वर्षीय कमला राई र ११ बर्षीय निसान राइलाई नेपाल तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङ्ग र काठमाण्डौका कोषाध्यक्ष अमृत मानन्धरले संयुक्त हस्तान्तरण गरेको काठमाण्डौका जिल्ला सचिव दिनेस विक्रम साहले जानकारी दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply