Ticker

6/recent/ticker-posts

छैठौं उपत्यकाव्यापी एभरेस्ट हिज्जे प्रतियोेगिता

भक्तपुर, भदौ ।  एभरेस्ट इंगलिस स्कुल मिवाछें भक्तपुरको आयोजनामा सोमबारदेखि ‘छैठौं एभरेस्ट उपत्यकाव्यापी हिज्जे प्रतियोेगिता’ शुरु भएको छ । 
सो प्रतियोगितामा उपत्यकाका काव्य स्कुल नयाँबानेश्वर, केएमसी स्कुल संखमुल, बागीश्वरी स्कुल भक्तपुर, विद्या संस्कार स्कुल बानेश्वर, सुर्याेदय स्कुल खँचा भक्तपुर, इपिएस स्कुल मिनभवन, प्रभात स्कुल ब्यासी, मोडन बोर्डिंग स्कुल दधिकोट, सैनिक आवासिय महाविद्यालय सल्लाघारी, जेन्यूइन स्कुल भक्तपुर, मनकामना स्कुल काठमाडौ, ओम ज्ञान मन्दीर भक्तपुर र चाणक्य स्कुल भक्तपुर गरि १३ विद्यालयका ३९ जना विद्यार्थीले भाग लिएका छन् । 
भदौ २३ गते सम्पन्न हुने फाइनल प्रतियेगिताका विजयी विद्यार्थी तथा विदालयलाई ट्रफि, पदक र प्रमाणपत्र दिइने विद्यालयले जनाएको छ । 

Post a Comment

0 Comments