Ticker

6/recent/ticker-posts

पाकिस्तानी जेलबाट नेपालीको गुहार: जसरी हुन्छ स्वदेश फर्कन चाहान्छुु

काठमाडौं, १२ भदौ । करिब तीन दशकअघि सुदुरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्ले बर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कुटनीतिक पहल सुरु भएको छ ।
आफुलाई बैतडी, हेटैराज २ को नरेन्द्रबहादुर चन्द भनी चिनाउँदै फेसबुकमार्फत घर फर्कन चाहेको सार्जजनिक गरेपछि उनी सुरक्षा निगरानीमा परेका थिए ।

चन्दलाई क्वेटास्थित कारागारमा राखिएको जानकारी पाकिस्तानी अधिकारीले ईलामवादको नेपाली दुतावासलाई दिएका थिए ।

अफगानिस्तानी शरणार्थी युवतीसंग बिहे गरी दुई छोराछोरी जन्माएका नरेन्द्रले परिवारको सामाजिक सुरक्षामा खलल पुर्याएको भन्दै स्थानीय सुरक्षा निकायले चुनामा राखेको जबाफ तत्काल दिएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Post a Comment

0 Comments