Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

लन्डन, साउन । आगामी सप्टेप्वर १७ तारिखमा हुन गइरहेको नेपाली कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंहले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि विभिन्न समुहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन आगामी सप्टेप्वरमा तय गरिएको छ । 

बेलायत आएदेखि जनसम्पर्क समितिमा निरन्तर रुपमा क्रियाशील सिंह, चेतनाथ खनाल जनसम्पर्क समितिको सभापति रहँदा महामन्त्रीमा रही कार्य गरिसकेका छन् । बेलायतबाट नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि समेत रहेका सिंह नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य समेत हुन् । 

स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भई ०५६ देखि ०६३ सालसम्म नेपाल कमर्श क्याम्पस, मीनभवनको इकाइ सभापति, ०५५ मा सोही क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित र ०६० सालमा स्ववियु सभापतिको उम्मेदवार रहेका सिंह ०६० सालमा कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय उपसभापतिको जिम्मेवारी समेत सम्हाली सकेका छन् । 

नेपालमा रहँदा र विदेशमा पनि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय सिंह, पार्टी केन्द्रसँग राम्रो सम्पर्क र बेलायतवासी कांग्रेसमा आस्थावान सबैसँग जोडिएका हुनाले आउँदो अधिवेशनमा एउटा बलियो नेतृत्वको रुपमा बेलायतवासी नेपालीहरुले लिएका छन् ।

सभापतिका प्रत्यासी सिंहले बताए, ‘लामो समयसम्म जनसम्पर्क समिति युके विभाजित मानसिकताका साथ गुज्रिनु परेको र समयमा अधिवेशन पनि हुन नसकेको हुँदा आगामी अधिवेशनबाट सबैलाई समेटेर एकताबद्ध बनाई इतिहासको हरेक महत्वपूर्ण परिवर्तनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसलाई समयसापेक्ष नेपालको आवश्यकता अनुसार अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई समन्वय गरी पार्टीलाई रचनात्मक सहयोग पु¥याउन मैले उम्मेदवारी दिने निर्णय गरेको छु ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply