Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

‘बाढीपीडित ! मास्क लगाउनु, मच्छरधुप बाल्नुु’
बलराम प्यासी 
काठमाडौ, ३ भदौ ।  एकहप्ता अघि लगातार वर्षाका कारण आएको बाढीपहिरोको कारण तराइवासीमध्ये कतिले आफन्त गुमाएका छन ।  धेरैले त घरबार र अचल सम्पत्ति गुमाइसकेका छन । घरभित्र बाढी छिरेका कारण यतिखेर तराईका धेरै जिल्लाका वासिन्दा आफ्नो घर छोडेर बाढी नआएको अग्लो ठाउँका सामुदायीक विद्यालय र सार्वजनिक चउरमा आश्रय लिइराखेका छन् । 
प्रा.डा.जीवन शेरचन

उनीहरुको बसाई सहज र सुरक्षित छैन । वाढीपहिरोबाट बाँचेकाहरुलाई विभिन्न सरुवा रोगबाट बचाउनु सरकारलाई अर्काे चुनौति बनेको छ । आउँ, हैजा, टाइफाइड, जण्डिस र भाइरल रोगहरु देखिइसकेका छन भने वाढी सुक्न थालेपछि औलो, कालाजार, डेंगु, जापानीज इन्सेफलाइटिस, फुड प्वाइजन, क्षयरोग र स्कर्ब टाइफसको संक्रमण देखिन थालेको छ । वाढीको भेल सुक्दै जाँदा यी रोग लाग्नसक्ने संभावना पनि उत्तिकै बढेको छ । 

‘यतिखेर तराईको अवस्था झन जटिल छ’–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाका प्रमुख वैज्ञानिक प्रा.डा.जीवन शेरचन भन्छन–‘वाढीपीडितको सुत्ने ठाऊँ सुरक्षित नभएकोले यतिखेर उनीहरुलाई लामखुट्टेको टोकाईबाट जोगाउनु अति आवश्यक छ । ’

बाढीको पानी सुकेपछिको दवदवे हिलोमा लामखुट्टे ब्रिडिङ्ग गर्न रुचाउँने भएकोले लामखुट्टेको संख्या यतिखेर तराईमा निकै बढ्नसक्नेतर्फ औंल्याउँदै प्रा.डा. शेरचनले वाढीपीडितहरु जहाँ जस्तोसुकै अवस्थामा बसेता पनि उनीहरुलाई सरकारले तत्काल झुल वितरण गर्नुपर्ने बताउँछन । ‘दिनभरी पुरा बाहुला भएको लुगा लगाएर या लामखुट्टे भगाउने मल्हम दलेर बस्नु र राती सुत्दा अनिवार्यरुपमा झुल लगाएर सुत्नु या सुत्ने ठाउँ वरपर गोवर गुइँठा या दाउराको धुवाँ पारेर लामखुट्टे भगाएर मात्र सुत्नु सुरक्षित हुन्छ’–उनी भन्छन । 

त्यसो त सफा पानी पिउन, बासी, सडेगलेको र खुल्ला राखेको खानेकुरा नखान वाढीप्रभावित क्षेत्रका वासिन्दालाई सरकारले भन्दै आएको छ ।  बाढी सुक्न लागेको अवस्थामा दिउँसो या राती लामखुट्टेको टोकाईबाट बच्नु र सकभर मास्क लगाएर हिँड्नु जुनसुकै रोग लाग्नबाट बच्ने पहिलो उपाय भएको प्रा.डा शेरचन बताउँछन ।

वाढी सुक्न लागेको अवस्थामा भेटिने जनावर र पशुपंछीको सिनोका कारण फैलिने दुर्गन्धले स्वासप्रसासको रोग निम्त्याउने डर पनि उत्तिकै छ । खुल्ला वातावरणमा अक्सिजन पाइउनुको सट्टा सिनोका कारण फैलिने दुर्गन्धमा कार्वनडाइअक्साइड बढी आउने हुनाले स्वासप्रस्वासको रोगहरु फैलिने उनको दावी छ । 

वाढीप्रभावित क्षेत्रमा विभिन्न नयाँ रोगहरु फैलिने क्रम पनि बढेको भन्दै त्रिविवि शिक्षण अस्पतालका एमबिबिएस,, एमडि र मँइक्रोबायोलोजी तथा प्याथोलोेजी पढीरहेका विद्यार्थीहरुको टोली राहत वितरणको साथै बाढी प्रभावित क्षेत्रमा फैलिनसक्ने सरुवा रोगबारे अध्ययन अनुसन्धान र नमुना संकलनको लागि त्यहाँ गइसकेको छ । 

टोलीले ल्याउने नमुना संकलनको परीक्षण गरि त्यहाँ कीटजन्य नयाँ रोगहरु देखिएको या पुरानै रोगहरु फैलिए नफैलिएको पत्ता लगाउन त्रिविवि शिक्षण अस्पतालको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला तयारी अवस्थामा रहेको प्रमुख प्रा.डा शेरचनले बताए । 


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply