Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । दुर्इ पदक सहित नेपाली जुडो टोली सोमबार स्वदेश फर्किएको छ। थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी भइ ५ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली स्वदेश फर्किएको हो।

जुलाई २९ र ३० तारिखमा भएको प्रतियोगितामा दुई पुरुष खेलाडीले कांस्य जिते। ६० केजीमुनि उमेश मगर र ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले कांस्य जितेका हुन्। महिला ६३ केजीमुनि ओलम्पियन फुपुल्हामु खत्री, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि सुनीता मगर ताम्राकारले नेपालको चुनौती प्रस्तुत गरेका थिए। उनीहरु पदकविहीन बने।

टिम व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेका थिए । टोलीलाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठलगायतका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply