Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

पहिलो हप्ता ‘माफियाको मलामी’ दोस्रो हप्ता ‘चर्काे स्वरमा घण्टी’

बलराम प्यासी
काठमाडौ, साउन । ‘तीनकरोड नेपालीको स्वास्थ्यको लागि’ भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा.गोविन्द केसी ११ औं पटकको आमरण अनसन बसेको शनिबार १३ दिन भयो । पेटमा हालसम्म अन्नपानी नपरेका कारण डा.केसीको स्वास्थ्य स्थिति दिनहूँ खस्किँदो अवस्थामा छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाको पहलमा शुक्रबार पुर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीलगायत सरकारी र डा.केसी पक्षका वार्ताकार बोलाएर कुरा गर्दा पनि कुरो नमिलेपछि डा.केसीभन्दा उनका समर्थकहरु डा.केसीको स्वास्थ्यप्रति चिन्तित भएका हुन । शुक्रबारको वार्तँमा डा.केसीको विपक्षमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो अडान लिएपछि अझै ३ हप्तासम्म विधेयक पास हुने लक्षण देखिँदैन ।

त्यही भएर डा.केसीका सर्मथकहरुको संस्था ‘सोलिडारिटी फर प्रा.डा.गोविन्द केसी एलाइन्स’ ले शनिबार माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म चर्काे आवाजमा घण्टी बजाउँदै विरोध र्याली निकाल्यो ।

संसदमा गएर अड्किएको चिकित्सा शिक्षा विधेयकलाई यथाशिघ्र पारित गराउन ६०१ सांसदको तत्काल ध्यानाकर्षणका लागि विरोध र्याली ‘चर्काे स्वरमा पुजा गर्ने घण्टी बजाउँदै’ माइतीघर मण्डलाबाट नयाँबानेश्वर संसद भवन अगाडिसम्म पुगेर विरोध सभामा परिणत भएको थियो ।

१३ दिनसम्म पनि उनको माग सम्वोधन गरिने सकारात्मक लक्षण देखिएको छैन । सरकार सकारात्मक भएर चिकित्सा शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने भनेर पहल गरेतापनि सांसदहरु जिम्मेवार नदेखिएपछि शनिबार घण्टी र्याली आयोजना गर्नुपरेको बताइन्छ ।

गतहप्ताको शनिबार पनि विवेकशिल साझा पार्टीले  माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म डा.केसीको समर्थन तथा सरकारको विरोधमा र्याली निकालेको थियो । डा.केसीको अनसन यो पटकदेखि अन्त्य हुनुपर्छ भन्ने माग सहितको सो र्यालीमा मेडिकल माफियाको पुत्ला बनाई त्यसलाई बाँसमा बानेर शंख बजाउदै लगेको थियो ।

चिकित्सक, स्वास्थ्यकर्मी, सर्वसाधारण, विद्यार्थी, कलाकार सहितको र्यालीमा यसपटक भने काँधमा काँध मिलाउँदै साहसी महिला पुर्वप्रधानन्यायधिश सुशिला कार्की पनि सहभागी भइन ।  उनी र्यालीमा मात्रै सहभागी भइनन, विरोधसभामा पनि डा.केसीको पक्षमा जोडदार भाषण गर्दै भनीन् ‘हामी सबैजना डा.केसीको पक्षमा छौं ।’

डा.केसीको आन्दोलन विकृति र विसंगतीविरुद्ध कानुनसम्मत र न्यायपूर्ण भएकोले विकृति विरुद्धको लडाईमा सबैजना ऐक्यवद्ध हुन उनले र्यालीका सहभागी र सर्वसाधारणलाई आग्रह समेत गरीन ।

यसपालिको र्यालीमा ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी सबै डा.केसीको साथमा’, ‘तीन करोड नेपालीको स्वास्थ्यको लागि डा.गोविन्द केसी,’ ‘म सिटामोलमा कमिशन हैन’, ‘गुणस्तर खोज्ने चिकित्सक चाहन्छु,’ ‘डा.केसीका मागहरु आम विरामी र उपभोक्ताको हीतमा’ , ‘कुटुमा कुटु सुपारी दाना अब झुक्याउने नगरौं वहाना’,‘सरकारी घडीमा माफियाको ब्याट्री, ‘सरकारी भुटनमा माफियाको तरकारी’ जस्ता नयाँ नारा थपिएको थियो ।

त्यसो त गत हप्ताको शनिबार विवेकशील साझा पार्टीले निकालेको विरोध र्यालीमा राखिएका ‘माफियाहरु देश घेर्दै, ६०१ के हेर्दै ?’ ‘डा.केसीको अनसन, मेडिकल माफियालाई टेन्सन’, सांसदलाई भत्ता, चिकित्सा शिक्षा ऐन वेपत्ता, एक, दुई तीन, चार हामी मान्ने छैनौं हार, ‘माफियाको मिशन, सिटामोलमा कमिशन’ लाई यो हप्ता पनि निरन्तरता दिइएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply