Ticker

6/recent/ticker-posts

मन्त्रीकै अगाडि पिटिए उपमहानगर प्रमुख

जनकपुर, साउन । शहरी विकासमन्त्री प्रभु साहको अगाडि जनकपुर उपमहानगरपालिकाका प्रमुख अर्जुनप्रसाद सुवेदी स्थानीय युवाहरुबाट कुटिएका छन् ।

एसियाली विकास बैंकको सहयोगमा संचालित एकीकृत सहरी विकास आयोजनाको अनुगमनपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गरेको अवस्थामा सुवेदी गाडीमा बसेर मोवाइल चलाइरहे । त्यही बेला युवाहरुको समूहले प्रमुख सुवेदीमाथि हातपात गरेका हुन् ।

आयोजनाको काम समयमा नभएको गुनासो बढेपछि मन्त्री साहले आयोजनाको स्थलगत अनुगमन गरेका थिए ।

साहले जनकपुरको भानुचोक, कदम चोक, मुरली चोक लगायतका स्थानमा बाटो र नाला निर्माणको अवलोकन गरेका छन् । काम गुणस्तरहीन भएको तथा जथाभावी सडक खनिएको भन्दै मुरली चोकका स्थानीयले मन्त्री साहसामू गुनासो गरे ।

शहरी विकासमन्त्री साहले रकम अभावमा काम प्रभावित नहुने तर, काममा तिव्रता ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले सरकारी कार्यालयहरुबीच समन्वय गरेर तत्काल सक्रियताका साथ काम अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।

Post a Comment

0 Comments