Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

पाल्पा, साउन । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घाका स्थानीयलाई उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ। किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि किसान समस्यामा परेका हुन्।पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो। 

वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ। कुकुर पाल्न छाडेपछि बाँदर घरघरमा आउने र एक दुईजनालाई नटेर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ। ‘मकैले घोगा हालेपछि बाँदर बारीभरि हुन्छ, त्यसबाट बचाउन बारीमा एकजना कुरुवा नै बस्नुपर्ने बाध्यता रहेको छ। हुलका हुल बाँदर बारीमा पसेपछि मकैबाली नोक्सान गर्छ, सबै गाउँले मिलेर धपाउने काम गर्छौैैं।’ स्थानीय अमृत परियारले भने।

मकै भाँचेर फालेर नष्ट गर्न थालेपछि किसान मर्कामा परेका छन् । रातमा बाँदरको समस्या नभए पनि बिहानदेखि अँध्यारो नहुँदासम्म अन्नबाली जोगाउन समस्या रहेको छ। बाँदरले केही मकै खाने र केही भाँचेर जथाभावी फालिदिने स्थानीय बासिन्दा शिव परियारले बताए।

किसानले बाँदरलाई तीन÷चार किमी टाढा धपाए पनि बाँदर फेरि गाउँमा आउने गुनासो किसानको छ। पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सबै वडामा बाँदरदेखि स्थानीय बासिन्दा त्रसित छन्। १०÷१२ वर्षदेखि बाँदरले गर्दा अन्नबाली जोगाउन समस्या रहेको भए पनि बाँदर धपाउन नसकिएको स्थानीय बासिन्दाको गुनासो छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply