Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

नन्दऋषि जैसी
काठमाडौं, २७ साउन । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ मुगु–काठमाण्डौँ सम्पर्क समितिको बैठक विना निष्कर्ष टुंगिएको छ । आगामी रणनीति तथा नयाँ कार्यसमिति चयनका लागि शुक्रबार राजधानीको बाल्मीकि क्याम्पसमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । 

विद्यार्थीबीच लामो छलफल र परामर्सबाट कुनै निष्कर्ष ननिस्केपछि चार जनाको संयोजकत्वमा भदौ १ गते सम्म सहमती जुटाउने गरी बैठक सम्पन्न भएको हो । कार्यक्रममा मुगु नेपाली काँग्रेसका अभिभावक तथा पूर्वमन्त्री हस्तबहादुर मल्ल, ने.का. मुगुका सभापती खडक बहादुर शाही, नेता ऐन बहादुर शाही, ने.का. मुगुका उपसभापति खगेन्द्र मल्ल, धर्मराज शाही, लोकेन्द्र शाही, प्रकाश शाही लगायत नेताहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्ने नेताहरुले मुगु काठमाण्डौँ सम्पर्क समितिलाई शुभकामना दिनुको साथै विवाद रहित तरीकाले वि.पि को मेलमिलाप नितिमा आधारित हुन विद्यार्थी निर्देशन दिए । नेता हस्तबहादुर मल्लले विद्यार्थीहरुलाइ देश सुहाउँदो परिकल्पना बोकेर प्रजातन्त्र समाजबादको सम्मान गर्दै आफ्नो उज्ज्वल भविष्य प्रति अहोरात्र खटिन विद्यार्थीहरुलाई सुझाव दिए । नेता मल्लले भने– ‘कांग्रेसमा एक काँग्रेस छ र अनेक काँग्रेसी छन् त्यसको परिणाम हामीले भोगीरहेको छौं, विद्यार्थीहरुले काँग्रेसीलाई पाखा लगाउँदै काँग्रेसको नीति अगाल्नुपर्छ ।’ 

सम्पर्क समितिले मुगु जिल्लाबाट काठमाडौं आइ अध्ययन गरिरहेका विद्यार्थीहरुको हक हितमा सहयोग गर्दै आएको छ । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको चुनावमा मुगुका चार वटा गा.पा र एक न.पा.मध्ये  दुई वटा गाँउपालिका र एक नगरपालिकामा कांग्रेस विजयी भएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply