Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौं, १३ भदौ । हरेक सोमबार राती ८ः४५ बजे नेपाल टेलिभजनमा प्रशारण हुँदै आएको हाँस्य टेलिसिरीयल ब्रेकफेलमा गितार लिएर र्याप गाउँदै हिँड्ने व्यक्ति अरु कोही नभएर आँच आँच सोल्टी अर्थात कन्दने र्यापर उर्फ पवनप्रसाद खतिवडा हुन । उनलाई अर्काे र्यापरको रुपमा साथ दिएका छन निरज नेपाल चन्दनेले ।


र्यापर भनेको कनेर स्वर न बेसुर ताल न बेताल, अर्थ न वर्थको गीत गाउने भनेर उनले आफुलाई ब्रेकफेलमा चिनाएका छन् । बलजफती कनेर गाउने भएकोले मेरो नाम कन्दने राखिएको हो, उनी भन्छन । आँच आँच सोल्टी उनको थेगो छ । गीतको पछाडि जोडिने यो यो ले त उनको र्यापरको भूमिकालाई युवापुस्ताले निकै मन पराएको उनी दावी गर्छन । 

बाटोमा हिँड्दा यो यो भनेर दाहिने हात हल्लाउँदै जिस्काउनेदेखि अाँच आँच सोल्टी भनेर नाके बोलीमा जिस्काउने पनि उत्तिकै छन । भन्छन, यो मेरो कलाकारिताको उपलब्धि हो । मेरो २५ वर्षे कलाकारिताको ब्याज हो यो, उनी भन्छन । ब्रेकफेलमै उनी यसअघि प्रायःजसो नेता या मन्त्रीको सशक्त भूमिकामा देखिएका थिए । वरिष्ठ हाँस्य कलाकारद्धय शिबहरी पौडेल र किरण केसी निर्देशित एवम् शिवहरी पौडेलको लेखन रहेको ब्रेकफेल यतिखेर नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित हाँस्यव्यग्ंय टेलिसिरीयल हो । 

२०३७ सालमा काभ्रे जिल्लाको अनैकोटमा पिता रामचन्द्र र माता विष्णुकुमारी खतिवडाको एक्लो सन्तानको रुपमा जन्मेका पवन ११ वर्षको कलिलो उमेरदेखि अर्थात २०४८ मा कोटेश्वरमा बस्दा कर्म नामक भिडियो फिल्मबाट वालकलाकारको रुपमा चलचित्रमा पाइला टेकेका हुन । उनी नृत्यमा पारंगत छन । २०५४।०५५ तिर नृत्य प्रशिक्षक हुँदै नृत्य निर्देशक बनेर काम गरिसकेको उनी बताउँछन । नाटक लगायत रंगमञ्चमा अभिनय गरिसकेका पवनले दर्जनौं ठुलो पर्दाको चलचित्र समेत कलाकार र मुख्य सहायक निर्देशकको रुपमा आफ्नो जिम्मेवारी सफल र सशक्तरुपमा निभाईसकेका छन् । 

नेपाल चलचित्र समाजको कार्यकारी सदस्य समेत रहेका पवन नेपाल कलाकार संघको आजीवन सदस्य पनि हुन । उनले अभिनय गरेको चलचित्रहरुमा मोड, किनारा, पथभ्रष्ट, सिलसिला, जिन्दगीका रंगहरु, नाता, हस्पिटल, जीवनचक्र, अदृश्य घाउ रहेका छन् । ठुलो पर्दाको चलचित्रहरुमा लालसलाम, भागी भागी नजाउ, भिष्मराज, जय शिवशंकर, विष, जीवनदाता, कसलाई आफ्नो भँनु खै, को कसको, लबसब, बडीगार्ड, राधे लगायतमा उनले आफ्नो कला निखार्न भ्याएका छन् ।

ठुलोपर्दाको चलचित्र र टेलिसिरीयलमा अलग अलग भूमिकामा देखिनु चाँहि उनी कुशल कलाकार बन्ने प्रयास हो भन्छन । ठुलो पर्दा र टेलिसिरीयलमा हात हाल्नु अघि भिडियो फिलकका साथै मयुजिक भिडियोतिर हात हालेका उनी सहायक निर्देशक, निर्देशक र नृत्य निर्देशक समेत बनेका थिए, २०६० ताका । फिकुरीको लेक, कपाल लर्केको, चिठठी लेखीसहित उनले निर्देशन गरेका एकदर्जन म्युजिक भिडियो बजारमा आईसकेका छन् । 

भारतीय चलचित्र निर्देशक जयदेव चक्रवर्तीको एशोसियट निर्देशकको रुपमा समेत हिन्दी फिल्म सरगम मा काम गरेका उनले निर्देशनको ज्ञान हुँदा कलाकारितामा सहयोग पुगेको बताउँदै भन्छन, मैले चलचित्रको प्राय सबै विधा सिकेको छु । भोजपरी चलचित्र पयार करेला हिम्मत चाँही मा पनि खेलेका पवनले बेलायतको राजधानी लण्डनमा सन् २००० मा भएको फ्रिन्ज फिल्म फेस्टबलको कोरियोग्राफी समेत गरेका थिए ।

हाँस्यव्यंग्य सिरीयलहरु हिजो आजका कुरा,तितो सत्य, जिरे खुर्सानी हुँदै पथभ्रष्ट सिरीयलमा खलनायक तथा किनारा र मोडमा वकिल बनेका पवन ठुलो पर्दाको चलचित्र बडिगार्डमा सहनायक, राधेमा बाहुन, लबसबमा जड्याहा र विष मा लागुपदार्थ दुव्र्यसनीको भूमिकामा सशक्त अभिनय गरिसकेका छन । भन्छन, म एक सफल कलाकार बन्ने धुनमा छु ।

हाल नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको टेलिसिरीयल जीवनचक्रका निर्देशक पवन काम गर्दागर्दै सो टेलिचलचित्रमा निर्देशकको काम गर्दा आफुले कम्फर्टेबल फिल नगरेकोले अहिले कामबाट हात झिकेको बताउँछन ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply