Ticker

6/recent/ticker-posts

नारायणगढ—मुग्लिन सडकमा पाँच ठाउँमा पहिरो, यात्रुलाई सास्ती

चितवन, १५ भदौ । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि  सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ । रातभर भएको वर्षा र पहिरोले करिव ४०÷५० मिटर सडक भाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उनले बताए । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताए । 

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । बुधबार बिहान ३ः३० बजेको हाराहारीमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ । 

रातीदेखि नै बाटो अवरुद्ध भएकोले सयौंको संख्यामा सवारी साधनहरु जाममा परेका छन् । चाडबाडको समय नजिकिदै गर्दा यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरुको चाप पनि बढ्दै गएको छ ।

Post a Comment

0 Comments