Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बाढी–पहिरोबाट ९१ जनाको मृत्यु, अझै ३८ बेपत्ता
काठमाडौं, ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै बाढीबाट विस्थापितहरुको राहतमा ध्यान दिने आश्वासन दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा,  उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, मोरङ, सुनसरी र झापा जिल्लाका बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी स्थानीय प्रशासनलाई राहत वितरणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले इटहरी उपमहानगरपालिका क्षेत्रका बाढी पीडितसंग भेट गरी विस्थापनमा परेका परिवारलाई राहत र घरबासका लागि व्यवस्था गरिदिने आश्वासन दिनुभएको हो । प्रधानमन्त्री देउवाले इटहरीको समस्याको रुपमा रहेको शेरा खोला र बुढि खोला नदी नियन्त्रण गर्ने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले यस अघि घोषण गरे अनुसार विस्थापनमा परेका परिवारलाई २ लाख दिने र घरबार नभएका विस्थापित परिवारका लागि पुर्नबासको व्यवस्था गर्ने पनि स्पष्टपार्नुभयो । यस्तै बाढि पिडीतहरुको अवस्था बुझेपछि गृहमन्त्री जनार्दन शर्माले पहिलो चरण अन्र्तगत खोजी उद्धारका कार्यहरु सक्ने र त्यसपछि राहत वितरणमा लाग्ने बताउनुभयो ।

गृहमन्त्री शर्माले राहत र उद्धार सम्बन्धित पिडीतसम्म पुग्ने गरि काम गर्ने सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको बताउनुभयो । पिडितका लागि जाने राहतको दुरुपयोग तथा चुहावट हुन नदिने गरी काम गर्न स्थानिय जनप्रतिनिधिलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

 बाढीका कारण सुनसरीमा मात्रै ९ जनाको मृत्यू भएको छ । यसैबिच, बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी  विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र दुई हजार ८ स ४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply