Ticker

6/recent/ticker-posts

राजपा नआए पनि निर्वाचन रोकिँदैनः प्रचण्ड

जनकपुर, १७ साउन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजपाको समर्थनविना संविधान संशोधनको औचित्य नहुने बताएका छन्। पार्टी कार्यक्रमको सिलसिलामा जनकपुर आइपुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै राजपाले चाहने हो भने मात्रै संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने बताए।


उनले भने, ‘संविधान संशोधनसम्बन्धी माग राजपाको हो। उसले चाहने हो भने मात्रै संविधान संशोधन निर्णायार्थ पेस हुन्छ, अन्यथा हुँदैन।’ उनले राजपा निर्वाचनमा सहभागी नभए पनि असोज २ गतेको निर्वाचन नरोकिने बताए। आफूहरु राजपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन लागिपरेको भन्दै उनले राजपा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे।

मधेसालाई हेर्ने दुई अतिवादी दृष्टिकोण हावी भएको भन्दै उनले दुवैले मधेसको हित नगर्ने बताए। ‘मधेसलाई हेर्ने दुईवटा अतिवादी दृष्टिकोण हावी भएका छन्’, उनले भने, ‘एउटा मधेसलाई भारतीय देख्ने अर्को मधेश छुट्टै देश हुनुपर्छ भन्ने। यी दुवै दृष्टिकोणले मधेसको हित गर्दैनन्।’ अध्यक्ष प्रचण्डले जनकपुरको विकासका लागि आफूले सक्दो पहल गर्ने समेत बताए। उनले जनकपुरलाई महानगर बनाउन पहल गर्ने आश्वासन समेत दिए।

Post a Comment

0 Comments