सप्तरी, ५ भदौ । सप्तरीका बाढी प्रभावितलाई युवा नेता कपलेश्वर यादवको नेतृत्वमा राहत वितरण तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सप्तरीको राजविराज नगरपालीका, सप्तकोशी नदिका कारण प्रभावित योगिनियामय नगरपालिका तथा छिन्नवस्थ गाउँपालीकामा टोलीले स्वास्थ्य सिविर सञ्चालन गरेको हो ।
नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादवको नेतृत्वमा गएको टोली र चिकित्सकको संयुक्त आयोजनामा आईतवार सप्तरीको राजविराजमा निशल्क स्वास्थ्य सिविर सञ्चालन भएको हो ।
यादवको नेतृत्वमा डाक्टर सौगेन्द्र मन्डलसहितका ६ जना डाक्टरहरुले करिव ७ सय बाढिपीडितहरुको स्वास्थ्य परिक्षण गरेका छन् ।
सोमबार सुनसरीको नर्सिङमा राहत बितरण र स्वास्थ सिबिर सञ्चालन गर्ने नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादवले बताए ।
0 Comments