Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सुनसरी, भदाै । बाढी तराईका मोरंग ,सप्तरी, महोत्तरी, धनुषा, रौतहट, मकवानपुरका साथै बाँके र वर्दियामा नेपाल औषधि लिमिटेडले २१ हजार प्याकेट झाडापखालाको पुर्नजलीय औषधि ‘जीवन जल’ हस्तान्तरण गरेको छ ।
नेपाल औषधि लिमिटेडका महाप्रवन्धक डा.रोभश कुसुम सुवेदीले ती जीवनजल सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र जनस्वास्थय प्रशासकलाई हस्तान्तरण गरेको राजधानीलाई बताएका छन् ।
बाँके, वर्दिया, मोरंग, सप्तरी र धनुषा जिल्लामा ३÷३ हजार प्याकेट तथा रौतहट, महोत्तरी र मकवानपुर जिल्लामा २÷२ हजार प्याकेट हस्तान्तरण गरेको महाप्रवन्धक सुवेदीले बताए ।
नेपाल औषधि लिमीटेडले उत्पादन गरि गणेशमान स्मृति प्रतिष्ठानलाई  न्यून मुल्यमा विक्री वितरण गरिएको ती जीवनजल मोरंग, सप्तरी, महोत्तरी, रौतहट र मकवानपुर जिल्लामा वितरण गर्ने काम भने औषधि लिमीटेडका महाप्रवन्धक सुवेदीले आफैंले गरेका थिए ।
बाँके र वर्दियामा भने औषधि लिमिटेडले स्थानीय रेडक्रसलाई विक्री गरेता पनि वितरण भने दुवैसंस्था रेडक्रस र औषधि लिमिटेड मिलेर वितरण गरेका थिए ।
बाढीप्रभावित क्षेत्रमा झाडापखालाको विरामी बढेसंगै बजारमा भएका र भारतबाट आयोति पुर्नजलीय औषधि चर्काे मुल्यमा विक्री वितरण भएको थाहा पाएपछि गणेशमान स्ृमति प्रतिष्ठानसंगको सहकार्यमा नेपाल औषधि लिमिटेडले तत्कालै ती जिल्लामा जीवनजल पुर्याएको थियो ।
लामो समय बन्द भएको नेपाल औषधि लिमिटेडले गत बैशाख महिनादेखि दैनिक ८ हजार प्योकटको दरमा जीवनजल उत्पादन गर्दै आएको छ जुन बजारको माग भन्दा निकै कम हो । बजारमा जीवनजलको खुद्रा मुल्य १० रुपैयाँ प्रतिपयकेट भएतापनि बाढी प्रभावित जिल्लाहरुमा यसको मुल्य दुईगुनादेखि ५ गुना सम्म बढी लिइएको ति जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको महाप्रवन्धक डा.सुवेदीले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply