Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, ५ भदौ । गत हप्ता आएको बाढीपहिरोबाट पीडित मकवानपुरको ग्रामीणक्षेत्रका वासिन्दाको लागि नेपाल लग्जम्वर्ग लोक कल्याण संस्था तथा युथ फर ह्युमन राइटस नेपाल च्याप्टरले मकवानपुर जिल्लाका स्काउटसंग मिलेर राहत वितरण र एकदिने निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको छ । 

मनहरी गाउँपालिका–५ र ६ प्रतापपुरमा त्यहाँका वाढीपीडितलाई न्यानो ब्ल्यांकेटका साथै लत्ताकपडा र खाद्यान्न वितरण गरेको छ । राप्ती खोलामा आएको बाढीले त्यहाँको १८ घर पुर्ण क्षति र ४८ घरलाई आँशिक क्षति गरेको थियो ।

साथै किस्ट अस्पतालबाट गएका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले त्यहाँका ३२० जनाको स्वास्थ्य परीक्षण गरी २५० जनालाई निःशुल्क औषधि वितरण तथा पुर्णक्षति भएका परिवारलाई ब्ल्यांकेट र ३ सय जनालाई लत्ताकपडा वितरण गरिएको युथ फर हुय्मन राइटस नेपाल च्याप्टरका प्रतिनिधि गुणराज प्याकुरेलले बताए ।

ती सामाग्रीहरु युथ फर ह्युमन राइटस नेपाल च्याप्टरका प्रतिनिधि प्याकुरेल तथा संस्थाका स्वयमसेवकहरु, मकवानपुर जिल्ला स्काउटका आयुक्त बेली थापा, तालीम आयुक्त अशोक सारुमगर, स्काउट शिक्षक अनोज प्रधान, टोलीमा सहभागी सिन्धुपाल्चोक जिल्ला स्काउटकी स्काउट शिक्षक निर्मला श्रेष्ठ तथा रोभर÷रेन्जर स्काउटहरुले ती राहत सामाग्री बाड्नुका साथै निःशुल्क स्वास्थ्य शिवीरमा सहयोग गरेका थिए । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply