Ticker

6/recent/ticker-posts

दलित आन्दोलनका अगुवा बलदेव रामको निधन

लहान, साउन ।  राष्ट्रिय भूमि अधिकार मञ्चका पूर्व केन्द्रीय अध्यक्ष तथा दलित नेता बलदेव रामको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको छ।

लामो समयदेखि मुटु रोगबाट पीडित ७० वर्षीय रामलाई आज बिहान सप्तरीको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीस्थित आफ्नै निवासमा हृदयाघात भएलगत्तै आफन्तजनले लहानस्थित अस्पताल पु¥याए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको मृतकका छोरा गणेशले जानकारी दिए।

सिरहा र सप्तरीमा भएको सिनो बहिष्कार आन्दोलनबाट चर्चित रामले भूमिहीन सुकुम्बासीको अधिकार तथा दलित अधिकारका लागि अभियान चलाउँदै आएका थिए। उनी जनचेतना दलित संगमका संस्थापक अध्यक्षसमेत थिए।

रामको आजै गृह गाउँमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ। मृतक रामका दुई छोरा र दुई छोरी छन् ।

Post a Comment

0 Comments