विष्णुराज पाण्डे
बाजुरा, ४ भदौ । बाजुरा जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिको गाउँपालिका हो हालको हिमाली गाउँपालिका । रुगिन, बाँधु र विछ्या गाविसलाई समेटेर बनाइएको हिमाली गाउँपालिका आर्थिक रुपमा कमजोर होला तर, प्राकृतिक रुपमा समृद्ध छ ।
यी तस्विरले पनि हाम्रो प्राकृति सौन्दर्यलाई उजागर गरेका छन् । हाम्रो धार्मिक, सांस्कृति पक्षलाई बहुआयामिक तवरले झल्काएका छन् ।
यो तस्वीर हालको हिमाली गाउपालिका अन्तर्गन पर्ने रुगिन गाउँको हो । यो गाउँलाई लेकको घना जंगलले मात्र होइन बेशीको कर्णाली नदीले पनि उत्तिकै मनमोहक बनाएको छ ।
अझ यही ठाउँबाट तीन जिल्लाको सीमा क्षेत्र पनि छुट्टिएको छ । पूर्वी–दक्षिण भागमा मुगु जिल्ला अवस्थित छ भने पूर्वी–उत्तर भागमा हुम्मा जिल्ला रहेको जुन यो तस्वीरबाट प्रष्ट छ । कर्णाली नदीले बाजुरा र मुगु जिल्लाको सीमानाको काम गरेको छ भने कर्णाली नदीको सहायक नदी कवाडी खोलाले बाजुरा र हुम्लाको सीमाना छुट्याएकाे छ ।
विकासका सम्भावना हुँदा हुँदै पनि प्राकृतिक भू–वनोटकै कारण पछाडि परेको हिमाली गाउँपालिकाका यी दुर्गम वस्ती विकासको पर्खाइमा छन् । पानी नपर्दा खडेरी र पानी बढी परे पहिराेकाे पीडा भाेग्दै अाएकाे यहाँका स्थानीयले राज्यबाट राखेका अपेक्षा धेरै छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीयस्तरका सबै दल सम्वद्ध नेताहरूले यसतर्फ ध्यान दिनु जरूरी छ ।
तस्वीरः नन्द भण्डारी फेसबुकबाट
0 Comments