Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

  कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति   

काठमाडौ, ७ भदौ । युवा तथा खेलकूद मन्त्रालयले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरि धनुषा जिल्ला स्काउटका जिल्ला आयुक्त चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ । 

युवा तथा खेलकूद मन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्र कुमार केसीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय वैठकले जिल्ला आयुक्त कौशिकको संयोजकत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी नेपाल स्काउटको ऐन र नियमावली अनुसार नयाँ राष्ट्रिय परिषद र केन्द्रीय कार्यकारी समिति गठन नभएसम्मका लागि काम गर्ने गरि नयाँ जिम्मेवारी तोकेको छ ।  तदर्थ समितिले १ वर्षभित्र राष्ट्रिय परिषद र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउने छ ।

तर्दथ समितिमा झापाका शिव पौडेल, सुर्खेतका पार्वती गिरी, भक्तपुरका पुण्यराम गोथे, ललितपुरका केशव महर्जन, काठमाडौंका दिपेश केसी, जयराम कार्की र गौतम अधिकारी, सिन्धुपाल्चोकका देवदूत अधिकारी, चितवनका मनोज जंग रायमाझि, प्युठानका रामप्रसाद शर्मा, धनुषाका रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल रहेका छन् । तदर्थ समितिको सल्लाहकारमा काठमाडौंका डा.रविन्द्रप्रसाद पाण्डे छन । डा.पाण्डे यसअघि नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्त थिए । 

मन्त्रीस्तरको निर्णयअनुसार गठन भएको नयाँ तदर्थ कार्यसमितिका पदाधिकारीहरुले बुधबार नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा गएर आफ्नो पदवहाली गरेका छन् ।

यसअघि रविन दाहालको नेतृत्वमा रहेको नेपाल स्काउटको केन्द्रीय कार्यसमितिले राजनैतिक विचारधाराको आधारमा इमान्दार र अनुहासित स्काउहरुलाई भेदभाव गरेको र गैरकानुनीरुपमा आफ्नो म्याद आफैंले थपेको आरोप लागेको थियो । 

मुलुक बाढीपहिरोको चपेटामा पर्दा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु नेपाल स्काउटको बजेट खर्च गर्दै विदेश शयरमा गएको भनेर आरोप लागेपछि उनीहरुलाई हटाइएको बुझिएको छ ।   




«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply