Ticker

6/recent/ticker-posts

श्रम ऐन लागू गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन ।  नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले श्रम ऐन तथा श्रम कानुन चाँडो भन्दा चाँडो लागू गराउन सरकार लाई ध्यानाकर्षण गराउने भएको छ । 

मजदूर युनियनका अध्यक्ष केशवराज सापकोटाको अध्यक्षतामा बसेको बैठकले पर्यटन क्षेत्रमा बढ्दै गएको करार, कन्ट्याक्ट तथा ज्यालादारी प्रथाले युनियनलाई नै कमजोर बनाएकोमा चिन्ता ब्यक्त गर्दै अबको श्रम ऐन तथा श्रम कानुन चाँडो भन्दा चाँडो लागू गराउन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

त्यस्तै होटल मल्लका नेस्वहोमयु एकाई कमिटी का अध्यक्ष भवेश्वर पोखरेललाई ब्यबस्थापनले स्थानिय चुनावमा उम्मेद्वार बनेको भन्दै होटलमा हाजिर गर्न नदिएकोमा खेद प्रकट गर्दै तुरुन्त पुनर्वहाली गर्न होटल मल्ल ब्यबस्थापनको ध्यानाकर्षण गराएको छ । यदी पोखरेललाई हाजिर नगराए ब्यबस्थापन बिरुध्द संघर्ष कार्यक्रम घोषणा गरि आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ । 

यही २०७४भाद्र २ गते होटल ¥याडिसनमा हुन गईरहेको आधिकारिक ट्रेड युनियन को चुनावमा नेस्वहोमयु लाई जिताउन आफ्नो आफ्नो तर्फ बाट लागिपर्ने र भाद्र १ गते होटल ¥याडिसन नेस्वहोमयुको मास मिटिङ्मा सहभागी हुने निर्णय गरेको छ । 

बैठकले १० प्रतिशत सेवा शुल्क लाई शत प्रतिशत बनाउन शुरु गरिएको संयुक्त आन्दोलनको समीक्षा गर्दै मजदुरका पक्षमा तुरुन्त निर्णय गर्न होटल संघ नेपाल र संयुक्त ट्रेड युनियन लाई आग्रह गरेको छ । 

नेस्वहोमयु केन्द्रीय कमिटीको १० अौं राष्ट्रिय अधिवेशन भाद्र २३ र २४ गते काठमाण्डुमा हुन गईरहेकोले सो महाधिवेशन लाई सभ्य र भब्य रुपमा सम्पन्न गराउन आफ्नो ठाउंबाट लागिपर्ने र लाग्न हुन सबैलाई अनुरोध गरेको छ । 

गोकर्ण फरेष्ट रिसोर्ट नेस्वहोमयुद्वारा  आयोजना गरिएको उक्त भेलामा ११ वटा प्रतिष्ठानबाट सहभागि भएको प्रतिष्ठानका अध्यक्ष सापकोटाले जानकारि गराए । साथै  नेस्वहोमयु केन्द्रीय कमिटीका सदस्य तथा होटल अन्नपुर्ण आधिकारिक युनियनका अध्यक्ष तिर्थ सुवेदी र नेस्वहोमयु केन्द्रिय कमिटी का सदस्य कृष्ण प्रसाद नेपाललगायतको सहभागिता रहेको थियो । 

Post a Comment

0 Comments