अमेरिका, १७ साउन । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई तानाशाहको संज्ञा दिँदै आर्थिक प्रतिबन्ध लगाएको छ ।
यसैक्रममा अमेरिकामा रहेका मदुरोको सम्पत्ति रोक्का गरिएको छ । विवादास्पद संविधान सभाको निर्वाचन स्थगित गर्न अमेरिकाले दिएको दबाब मदुरोले अस्विकार गरेपछि आर्थिक प्रतिवन्ध लगाइएको हो ।
मदुरोसँग कुनैपनि प्रकारको व्यापार नगर्न समेत अमेरिकी संस्थालाई निर्देशन समेत अमेरिकाले दिएको छ ।
उता, भेनेजुएलाका राष्ट्रपति मदुरोले भने परिवर्तनका लागि निर्वाचन गराइएको उल्लखे गर्दै अमेरिकी प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।
सोमबार टेलिभिजन सम्बोधनको क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको समेत बताए ।
भेनेजुएलमा आइबार संविधान सभाको निर्वाचन भएको थियो । विपक्षी दलले भने निर्वाचनलाई मान्य नहुने बताउदै आएका छन । उनीहरुले संविधानसभाको माध्यमबाट मदुरोले आफ्नो सत्ता सुदृढ गर्ने र लम्ब्याउने कोशिश गर्न लागेको आरोप लगाउदै आएका छन ।
0 Comments