Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, २ भदौ । पहिलो पटक हुन् लागेको यूू–१५ साफ च्याम्पियनसिप शुक्रबारबाट नेपालमा सुरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  दिउँसो ३ः ०० बजेबाट खेल शुरु हुनेछ । यूू–१५ साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ६ टोली मध्य उद्घाटन खेलमा समूह ए मा रहेको बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्ने छन् ।
यस समूहमा भुटान समेत रहेको छ । नेपाल सम्मलित समूह बि मा बलियो टोलीहरु भारत र माल्दिभ्स रहेको छ । लिगकम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा  समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग सोमबार खेल्ने छ । त्यस्तै दोस्रो खेलमा नेपालले बुधबार भारतको सामना गर्ने छ । र, घरेलु मैदानमा हुने च्याम्पियनसिपमा नेपाल उपाधि जित्ने लक्ष्यसहित माल्दिभ्सविरुद्ध मैदान उत्रने छ । जसको लागि नेपाली टोलि तयार र सक्षम रहेको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले बताए । प्रशिक्षक श्रेष्ठले यो प्रतियोगिताको लागि लामो समयबाट तयारी गरेको जानकारी दिदै आगामी महिना आयोजना हुने एएफसी यू – १६ च्याम्पियनसिपको छनोटको तयारीको रुपमा लिएको बताए ।
नेपाली टोलीमा को को ?
यु–१५ साफ च्याम्पियनसीपका लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् ।
युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन् । अन्य खेलाडीहरुमा रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, विपिन थापामगर, अभिषेक श्रेष्ठ, विर्जेश चौधरी र रन्जन पुन रहेका छन् ।
अन्जल महर्जन, अहसिम गुरुङ, दर्शन गुरुङ, कार्लोश बखारियाम्फ, विशाल सुनार, सौगात खवास, आकाश बुढामगर, शिशिर लेखी, रोशन थापा, सुबास कार्की, निशान रावल र अशोक किङरिङ टोलीमा अटाएका छन् ।
टोलीको गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम म्यानेजरमा रविन्द्र जोशी, टिम अफिसियलमा अच्युतराज घिमिरे र फिजियोमा राजु दाहाल रहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply