Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

 क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्नु जरुरी  

 बलराम प्यासी
काठमाडौं, १३ भदाै ।  यतीखेर तराईका प्रायः सबैजसो जिल्ला बाढीपहिरोका कारण प्रभावित बनेको छ । हजारौं व्यक्ति घरबार वीहिन भएर अस्थायी शिवीरमा बस्न वाध्य छन् । बाढीपहिरोले घरपरिवार गुमेपछि उनीहरुलाई काठमाडौबाट राहत र सहयोग लिएर गएका सहृदयीहरुले सघाइरहेका छन् । सरकारको साथै सेना, प्रहरी, व्यक्ति विशेष, संघसंस्था तथा क्लवहरुले बाढीपीडितहरुलाई उद्धार गर्दै राहत वितरण गरेर धमाधम काठमाडौ फर्किरहेका छन ।

यसै सिलसिलामा सरकारी स्वास्थ्य टोली लिएर गएका स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल गत हप्ता महोत्तरीको लोहारपट्टीमा पुगेर राहत वितरण गर्नुको साथै एकजना विरामीको नंग काटेर स्वास्थ्य शिवीरको उद्घाटन गरेर फर्के ।

सरकारी स्वास्थय टोलीले महोत्तरीका विभिन्न ठाउँका महिला, पुरुष, वालवालिका गरी करीव २८ हजारको निशुल्क स्वास्थ्य परीक्षण गरिएको अनुगमन गर्दै फर्केका मन्त्री राजधानी फर्केको पर्सिपल्ट टाइफाइड भएका कारण वीर अस्पतालमा भर्ना भए । उनले अनुगमन गरेको स्वास्थय शिविरमा भाइरल ज्वरो, झाडापखाला, निमोनियाँ, औलो, डेंगु, रुघाखोकी र छालाको संक्रमण भएका विरामी फेला परेको थियो । संभवत उनले सम्पर्क गरेको व्यक्ति या उनले पिएको पानी प्रदुषित भएका कारण उनलाई टाइफाइड सरेको अनुमान गरिएको छ ।

संभवत तिनैमध्ये कसैबाट मन्त्री पोखरेललाई रोग सरेको हुनुपर्ने सरुवारोग विशेषज्ञहरु बताउँछन । सरकारको प्रतिनिधित्व गर्दै वाढीप्रभावित क्षेत्रमा गएका स्वास्थय मन्त्री आफैं विरामी परेकोले मात्रै नभई यतिखेर बाढीप्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएर फर्किएका राजधानीवासी समाजसेवी या कर्मचारीहरु आफैंले केही न केही रोग बोकेर राजधानी फर्किएको हुनसक्ने आशंका विशेषज्ञहरु गर्छन ।

बाढीप्रभावित क्षेत्रमा काम गरेर फर्किनेमध्ये ३० देखि ४० प्रतिशत उद्धारकर्मी स्वयमसेवकहरुले राजधानी या अन्यत्र फर्किदा आफुसंग केही न केही सरुवा रोग ल्याउने गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको राष्ट्रिय जनस्वास्थय प्रयोगशालाका प्रमुख, वैज्ञानिक प्रा.डा.जीवन शेरचन बताउछन् ।

यसरी तराईका सरुवा रोग राजधानीमा भित्र्याउनेमा बाढीप्रभावित क्षेत्रमा काम गरेर फर्केका स्वास्थ्यकर्मी र कर्मचारीहरु पनि रहेको बताउँदै उनी भन्छन ‘ राजधानी भित्रीने पशुपंछि स्वस्थ भए नभएको चेकजाँच गर्न राजधानी छिर्ने प्रवेश नाकामा क्वारेन्टाइन चेकपोष्ट राखेजस्तै यतिखेर बाढीप्रभावित क्षेत्रमा गएर आउने सबैको स्वास्थ्य परीक्षणपछि मात्रै राजधानी भित्र्याउने वातावरण बनाउनुपर्छ ।’ नत्र तराईको रोग राजधानीमा भित्रिएर भयावह स्थिति आउनसक्ने उनी दावी गर्छन ।

तराईबाट फर्किदा, डेंगु, टाइफाइड, टाइफाइडजस्तै स्क्रब टाइफस, औलो स्वाइनफ्लु, लगायतका रोगहरु राजधानी भित्रीरहेको प्रति चिन्ता व्यक्त गर्दै वैज्ञानिक प्रा.शेरचनले पहिलो कुरा तराईबाट फर्किने व्यक्ति आफैं सचेत भएर राजधानीको कुनैपनि स्वास्थ संस्थामा गएर आफ्नो स्वास्थ्य जाँच गरिसकेपछि मात्रै घरमा प्रवेश गर्नु राम्रो हुने बताउँछन । ‘नत्र ऊ त विरामी हुन्छ नै, साथमा उसको परिवार र आफन्तलाई पनि विरामी पार्ने उत्तिकै संभावना छ, उनले भने ।

बाढी प्रभावित क्षेत्रमा पानी सुक्दै गएका कारण यतिखेर मरेका पशुपंछिको सिनोमार्फत पानी दुषित हुने जसका कारण झडापखाला र कीटजन्य रोग पनि फैलिरहेको  विशेषज्ञहरु बताउँछन । त्यहाँ काम गरेर फर्केकाहरुलाई लामखुट्टेले टोकेको छ भने उसलाई ३,४ दिनमा ज्वरो आउनेलगायतका लक्षणहरु काठमाडौ फर्केपछि देखिने गरेको पनि उनीहरु बताउछन । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply